Techie IT
Mission Khabar

दमक गोल्डकप – आर्मीको जितमा नवयुग उत्कृष्ट


दमक (हाम्रो खेलकुद) – आयोजक दमक ११ लाई पराजित गर्दै नेपाल आर्मी क्लब दमकमा जारी दमक गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । आज भएको दोश्रो क्वाटरफाइनलमा आर्मीले ६-० को फराकिलो जित हात पार्यो।

आर्मीका लागि ह्याट्रिक प्रहार गरेका नवयुग श्रेष्ठले कुल ह्याट्रिक प्रहार गरे भने कप्तान भारत खवास र विमल पाण्डेले पनि गोल गरे। नवयुग खेलको ‘म्यान अफ दी म्याच’ चुनिए।

दमक बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलमा आर्मीलाई नवयुगले छैटौं मिनेटमा अग्रता दिलाएका थिए। आर्मीका कप्तान भरत खवासले २० औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए। त्यस्तै २२ औं मिनेटमा अर्को गोल गर्दै नवयुगले टोलीलाई तेस्रो गोल दिलाए।

पहिलो हाफमा तीन गोलको अग्रता लिएको आर्मीका लागि विनोद पाण्डेले ५३ औं मिनेटमा गोल गरे। जर्ज प्रिन्स कार्कीले ६८ औं मिनेटमा आर्मीलाई अर्को गोल दिलाए। एक पक्षिय खेलमा ८५ औं मिनेटमा नवयुगले गोल गर्दै ह्याट्रिक पुरा गरे।

यसअघि रुपन्देही ११ लाई हराउँदै आयोजक दमक ११ क्वाटर फाइनलमा प्रवेश गरेको थियो भने आर्मीको यो प्रतियोगिताको पहिलो खेल हो। प्रतियोगिताको विजेताले नगद रु १३ लाख ११ हजार र उपविजेताले नगद रु ६ लाखसहित ट्रफि तथा प्रमाणपत्र पाउने छन् ।

आर्मीले मनाङ मस्र्याङ्दी क्लब र सरस्वती क्लबबीचको विजेतासंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । भोलिको खेल नेपाल पुलिस क्लब र थ्री स्टार भिड्दै छ। दुवै टोलीको प्रतियोगिताको पहिलो खेल हो।


क्याटेगोरी : खेल / व्यायाम

तपाईको कमेन्ट लेख्नुहोस्