Techie IT
Mission Khabar

दिल्लीको प्लेअफ सम्भावना न्यून, सन्दीप मैदानबाहिरै सिमित


हैदराबाद (एजेन्सी) – दिल्ली डेयरडेभिल्स इन्डियन प्रिमियर लिगको प्लेअफ पुग्ने सम्भावना लगभग समाप्त भएको छ । शनिबार सनराइजर्स हैदराबादले दिल्लीलाई ७ विकेटले पराजित गरेसँगै दिल्ली प्लेअफमा पुग्ने गणितिय सम्भावना मात्र कायम भएको हो । दिल्लीले प्रस्तुत गरेको १ सय ६४ रनको लक्ष्य हैदराबादले १ बल बाँकी छँदा प्राप्त गर्यो ।

दिल्लीका लागि नेपालका युवा स्पिनर सन्दीप लामिछाने फेरी एकपटक बेन्चमै सिमित रहे । अोपनरद्वय एलेक्स हेल्स र शिखर धवनले घरेलु टोलीलाई उत्कृष्ट सुरुवात दिलाए । हेल्सले ३१ बलमा समान ३-३ चौका र छक्कासहित ४५ रन जोडे । धवन ३० बलमा २ चौका र १ छक्कासहित ३३ रन बनाउँदै पेभेलियन फर्किए । दुई अोपनर मिलेर पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।

त्यसपछि कप्तान केन विलियमसन र मनिष पान्डेले टोलीलाई जिततर्फ डोर्याए । विलियमसनले नटअाउट ३२ तथा मनिषले २१ रन जोड्दै पेभेलियन फर्किए । तेस्रो विकेटका लागि यी दुईले  ४६ रनको साझेदारी गरेका थिए । युसुफ पठानले १२ बलमा २-२ चौका र छक्कासहित नटअाउट २७ रन जोडेपछि हैदराबादको जित पक्का भएको थियो । दिल्लीका लागि अमित मिश्राले २ विकेट लिए ।

पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० अोभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन जोडेको थियो । फर्ममा रहेका युवा अोपनर पृथ्वी सअले अाक्रमक अर्धशतक बनाउने क्रममा ६५ रन जोडे । उनले ३६ बलको सामना गर्दै ६ चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान श्रेयस एेयरले ३६ बलमा ४२ रनको योगदान दिए ।

अन्त्यतिर विजय शंकरले १३ बलमा २३ रन जोडिजो स्कोर अगाडि बढेको थियो । ऋषभ पन्तले १४ रन जोडे भने गेलेन म्याक्सवेल २ ततानमन अोझा १ रनमा पेभेलियन फर्किए । हैदरावादका राशीद खानले २ तथा सिद्धार्थ कलले १ विकेट हात पारे ।

लिगको १० खेलमा ३ जित दर्ता गरेको दिल्ली प्लेअफमा पुग्न अन्य खेलको नतिजा पनि कुर्नुपर्ने भएको छ ‌। सनराइजर्स भने प्लेअफ नजिक पुगेको छ ।


क्याटेगोरी : खेल / व्यायाम

तपाईको कमेन्ट लेख्नुहोस्