Techie IT
Mission Khabar

वर्ल्ड ११ खेल्न सन्दिप साँझ बेलायत जाँदै


काठमाडौं, जेठ। वेष्ट इण्डिजविरुद्धको टी ट्वान्टी क्रिकेटका लागि आईसीसी वर्ल्ड ११ मा समावेश भएका नेपाली क्रिकेटर सन्दीप लामिछाने मंगलबार साँझा बेलायत जाने भएका छन् ।

३१ मे मा बेलायतको लड्र्समा हुने खेलका लागि सन्दिप मंगलबार राति ९ बजे कतार एयरवेजबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । बंगलादेशका सकिल अल हसनले व्यक्तिगत कारण नाम फिर्ता लिएपछि सन्दीपले वर्ल्ड ११ मा मौका पाएका थिए । सन्दीपले सन् २०१६ जुलाईमा लडर्समै एमसीसीविरुद्ध नेपाली टोलीबाट खेल्दा २५ रन खर्चेर एक विकेट लिएका थिए । जसमा नेपाल विजयी भएको थियो ।

आईपीएल र वल्र्ड ११ फरक हो रपनि मैदानमा व्यक्तिगत क्षमता देखाउनेछु–सन्दिपले भने । आफूले क्रिकेट पहिले देश अनि आफ्नालागि खेलेको भन्दै उनले सकेसम्म देशको नाम राख्नेगरि खेल्ने बताए ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्