Techie IT
Mission Khabar

नेपाललाई वान डे मान्यता, पूर्ण वरियताको परिक्षा अगस्टमा


काठमाडौं, जेठ । नेपाललाई आइसीसीले वान डे वरीयता दिएको छ । आइसीसीको पछिल्लो निर्णयले नेपालसँगै, स्कटल्याण्ड, युएई र नेदरल्याण्ड्स वान डे वरीयतामा परेका छन् । आइसीसीले शुक्रबार सूचना जारी गरेसँगै आजैबाट नेपाले वान डे मान्यता पाएको छ ।

गत मार्चमा जिम्बावेमा भएको वान डे वल्डकप क्वालिफायरमा एसोसिएटतर्फ नेपाल शीर्ष तीनमा स्थान बनाएसँगै पहिलो पटक वान डे वरीयताका लागि सुरक्षित भएको थियो । वान डे खेल खेल्न बाँकी रहेको नेपाल अंकविहिन छ । अब नेपाल र नेदरल्याण्ड चार खेलको अंक जोडेपछि पूर्ण वरीयतामा सूचिकृत हुनेछन ।

आइसीसीको वान डे वरीयतामा इंगल्याण्ड पहिलो तथा भारत दोस्रो स्थानमा छ । नेपाल र नेदरल्याण्ड्सबीच अगस्ट १ र ३ मा वानडे इन्टरनेशनल खेल हुने निश्चित भइसकेको छ ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्