Techie IT
Mission Khabar

फिफा विश्वकप : यी फुटबल किङ्ग, जो आगामी विश्वकपमा देखिनेछैनन


काठमाडौं – जेठ ३१ गतेदेखि रुसमा फिफा विश्वकप सुरु हुँदैछ । विश्वकप फुटबलको प्रतिक्षा नजिकिदैगर्दा यो पटक राम्रो फुटबल खेल्ने थुप्रै राष्ट्र बाहिरै छन् । इटली, नेदरल्यान्ड्स, अमेरिका र चिली जस्ता शक्तिशाली फुटबल टोली नहुँदा धेरै फुटबलप्रेमी अचम्ममा परेका छन् । अझ, चारचोटिको विश्वविजेता इटली र फिफा बरियताको १० औँ टोली चिली छनोट हुन नसकेपछि थुप्रै आश्चर्यचकित भएका छन् ।
सन् १९३४ को विश्वकपमा भाग लिएको इटली अहिलेसम्म तीनचोटि छनोट हुन सकेन् । दुई पटक कोपा अमेरिका कप जित्ने चिली मात्रै होइन, सन् २०१० को विश्वकप फाइनल खेलेको नेदरल्यान्ड्स छनोट नहुँदा उनीहरुका फ्यानहरु यतिखेर निरास छन् । सन् २०१४ को विश्वकपपछि चिलीले सन् २०१५ र २०१६ मा लगातार कोपा अमेरिका जितेको थियो । त्यो पनि अर्जेन्टिना जस्तो बलियो टोलीलाई पराजित गर्दै । बरु, यो पटक विश्वकपमा चुनौती दिनेगरि पेरु ३६ वर्षपछि कमब्याक भएको छ ।

टीम नेदरल्यान्ड्स पनि आगामी विश्वकपमा देखिने छैन । सन् २००६ मा प्रिक्वार्टरफाइनल, सन् २०१० मा फाइनल र सन् २०१४ मा सेमिफाइनल खेलेको नेदरल्याण्ड्स यो पटक क्वालिफाईड हुन सकेन । सन् १९९० देखि लगातार सबै विश्वकपमा भाग लिने सौभाग्य पाएको अमेरिका पनि यो पटक अभागी बनेको छ । यी बलिया दाबेदारहरुको अनुपस्थितिले विश्वकपलाई केही खल्लो बनाउँदैगर्दा उनीहरुको फ्यानहरु भने अहिले निरास बनेका छन् ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्