Techie IT
Mission Khabar

फिफा विश्वकप : ३२ राष्ट्रको उपस्थिति र सम्भावना


काठमाडौं–बिहिबार फुटबलको महाकुम्भ फिफा विश्वकप सुभारम्भको दिन । फुटवल प्रेमीहरुको एउटा प्रतिक्षाको दिन पनि हो । विश्व भरको प्रतिक्षा बनेको विश्वकपको यो सिजन नेपालको पनि एउटा प्रतिक्षा बनेको छ । यहाँ पनि विभिन्न राष्ट्र र खेलाडीको पक्षमा समर्थकको जमात बढ्दैगर्दा, खेलबारे विभिन्न अड्कलबाजी पनि भईरहेका छन् ।

विश्वकपमा सहभागि राष्ट्र र उनीहरुको खेल यात्राको सम्भावना बारे यहाँ चर्चा गर्ने प्रयास गरेका छौँ –

१.फिफा वरियतामा को कहाँ ?

जर्मनी – १, ब्राजिल – २, बेल्जियम – ३, पोर्चुगल – ४, अर्जेन्टिना–५, स्वीट्जरल्याण्ड – ६, फ्रान्स – ७, पोल्याण्ड – ८, स्पेन – १० पेरु – ११, डेनमार्क – १२, इंग्ल्याण्ड – १२, उरुग्वे – १४, मेक्सिको – १५ , कोलम्बिया – १६, क्रोएसिया – २०, ट्युनिसिया – २१, आइसल्याण्ड –२२, कोस्टारिका – २३, स्वीडेन – २४, सेनेगल – २७, सर्बिया – ३४, अस्ट्रेलिया – ३६, इरान – ३७, मोरक्को – ४१, इजिप्ट – ४५, नाइजेरिया – ४८, पानामा – ५५, दक्षिण कोरिया – ५७, जापान – ६१, साउदी अरेबिया – ६७, रुस – ७०

अब समूहका आधारमा अघिल्लो खेल यात्राको सम्भावना बारे थोरै चर्चा गरौँ–

समूह ए– उरुग्वे, इजिप्ट, साउदी अरेबिया, रसिया

आयोजक देशका कारण छनौट नै नखेली रुसले विश्वकपमा स्थान बनाएको छ । रुस विश्वकप खेल्न ३२ देशमा सबैभन्दा तल्लो वरियतामा छ । समूह ‘ए’ मा अघिल्लो चरण पुग्न उरुग्वेलाई सहज देखिन्छ । बाँकी एक स्थानका लागि इजिप्ट, साउदी अरेबिया र रुसको भिडन्त रोचक बन्नसक्छ ।

समूह बी – पोर्चुगल, स्पेन, इरान, मोरक्को

पोर्चुगल र स्पेन यो समूहका बलियो टोली हुन् । इरान र मोरक्कोलाई कमजोर मानिएपनि सुधारियको प्रदर्शनमा यी दुईले मेहनत गर्नेछन् ।

समूह सी – फ्रान्स, पेरु, डेनमार्क, अस्ट्रेलिया

फ्रान्स, पेरु र डेनमार्क यो समूहका बलिया टिम हुन् । यो समूहमा अस्ट्रेलियाको सम्भावना पनि उत्तिकै बलियो छ । यो समूहबाट डेनमार्क र फ्रान्सलाई अघिल्लो चरणमा पुग्ने टिमका रुपमा हेरिएको छ ।

समूह डी– अर्जेन्टिना, क्रोएसिया, आइसल्याण्ड, नाइजेरीया

यो समूहमा पहिलो पटक विश्वकप खेल्न लागेको आइसल्याण्ड र उपाधि दाबेदार मानिएको अर्जेन्टिनाको उपस्थिति छ । अघिल्लो चरणमा जाने अनुमान अर्जेन्टिनाको सहज भएपनि अर्को अनुमान सहज छैन । दोश्रो स्थानका लागि क्रोएसिया र आइसल्याण्डको सम्भावना भएपनि यसैभन्ने अवस्था छैन ।

समूह ई – ब्राजिल, स्वीट्जरल्याण्ड, कोस्टारिका, सर्बिया

चार वर्षअघिको नराम्रो हारको बदला लिने योजना सहित टिम ब्राजिल अघि बढेको देखिन्छ । यो समूहबाट ब्राजिलको अघिल्लो चरण प्रवेश निश्चित भएपनि बाँकी टोलीको प्रतिस्पर्धा रोचक हुनसक्छ ।

समूह एफ – जर्मनी, मेक्सिको, स्वीडेन, दक्षिण कोरिया

विश्व विजेता जर्मनी यो समूहको बलियो टोली हो । सँगै मेक्सिको पनि यो समूहको बलियो टिम हो । जर्मन र मेक्सिको अघिल्लो चरणमा जाने अनुमान गरिए पनि स्वीडेनले कडा चुनौती दिने सम्भावना छ ।

समूह जी – बेल्जियम, इंग्ल्याण्ड, ट्युनिसिया, पानामा

पहिलो पटक विश्वकप खेल्न लागेको पानामाको प्रदर्शन राम्रो देखिएपनि यो समूहबाट बेल्जियम र इंग्ल्याण्डलाई अघिल्लो चरण सहज हुने अनुमान गरिएको छ ।

समूह एच – पोल्याण्ड, कोलम्बिया, सेनेगल, जापान

पछिल्लो वरियतामा राम्रो सुधार गरेको पोल्याण्ड र कोलम्बिया यो समूहका बलिया टिम हुन । सेनेगल र जापानको सुधारिएको खेललाई पनि यहाँ सम्भावनाका रुपमा हेरिएको छ ।


क्याटेगोरी : खेल / व्यायाम, विश्व / विविध, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्