Techie IT
Mission Khabar

फिफा विश्वकप फुटबल : रसियाको सुरुवाती सफलता, साउदी अरेबिया ५–० ले पराजित


काठमाडौँ । फिफा विश्वकप फुटबलको पहिलो खेलमा आयोजक रसिया ५–० गोल अन्तरले विजयी भएको छ । विश्वकपको पहिलो खेलमा रसियाले साउदी अरेबियामाथि ५–० को शानदार जीत हात पारेको हो ।

खेलको १२ औँ मिनेटमा नै अग्रता लिएको रसियाका लागि अलेक्सान्डर गोलोभिनको पासमा युरी गजिनसकीले पहिलो गोल गरे । दबाबमा रहेको साउदी अरेबियाले केही समय खेल नियन्त्रण राखे पनि विपक्षीको पोष्टमा प्रहार नै गर्न सकेन । काउन्टर अट्याकिङ खेल खेलेको रसियाले कमजोर डिफेन्सको फाइदा उठाउँदै खेलको ४३ औँ मिनेटमा अग्रता दोब्बर बनाएको थियो । डेनिस चेरसेभको यो गोल सब्सटिच्युडले विश्वकपको उद्घाटन खेलमा गरेको पहिलो गोल बन्न पुग्यो । खेलको दोस्रो हाफमा पनि साउदी अरेबियाले रसियामाथि दबाब कायम राख्यो तर पोष्टमा सफल आक्रमण गर्न कत्तिपनि सफल भएन् ।

६० प्रतिशतभन्दा बढी साउदी अरेबियाको नियन्त्रणमा रहेको खेलको ७१ औँ मिनेटमा आर्तेम जुबाले गोल गर्दै रसियाको अग्रता फराकिलो बनाए जुवाले पनि अतिरिक्त खेलाडीको रुपमा मैदानमा प्रवेश गर्ने बित्तिकै गोल गरे । ९० मिनेटपछिको इन्जुरी समयमै पनि साउदीले थप दुई गोलको सामना गर्नुपर्यो । चेरसेभले खेलमा व्यक्तिगत दोस्रो गोल गरे भने अलेक्सान्डर गोलोभिनले खेलको अन्त्यमा फ्रिकिकबाट पाँचौँ गोल गरेका थिए ।

यस अघि निक्कै कमजोर प्रदर्शन गरेको रसियाले सुरुवाती सफलता हात पारेपनि समूह चरण पार गर्न पनि निक्कै मेहनत गर्नुपर्ने हुन्छ ।


क्याटेगोरी : खेल / व्यायाम, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्