फिफा विश्वकप : उरुग्वे र इरानको विजयी सुरुवात, पोर्चुगल र स्पेनले अंक बाँडे

काठमाडौं । फिफा विश्वकपको समूह चरणको खेल जारी रहेको छ । समूह ‘ए’ को दोस्रो खेलमा उरुग्वेले इजिप्टलाई १–० ले पराजित गरेको छ । दोस्रो हाफमा आक्रामक बनेको खेलको ८९ औँ मिनेटमा जस गिमिनेजले गोल गर्दै इजिप्टलाई स्तब्ध बनाएका थिए । प्रभावशाली खेलाडी मोहम्मद सलाहबिना मैदान उत्रिएको इजिप्टले सम्झनलायक खेल खेलेपनि अन्तिम समयसम्म उरुग्वेलाई रोक्न नकक्दा खेल उरुग्वेको पोल्टामा पुग्यो । सन् १९९० पछि पहिलोपटक विश्वकपमा छनोट भएको अफ्रिकन टोली इजिप्टले उरुग्वेसँग प्रतिस्पर्धात्मक खेल खेलेको थियो ।
यस्तै, शुक्रबारै भएको समूह बी को पहिलो खेलमा एसियाली मुलुक इरानले विजयी सुरुवात गरेको थियो । मोरक्कोलाई १–० लाई हराउँदै इरानले सुखद सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक खेलमा इरानको जित ६ मिनेट इन्जुरी समयको एक मिनेट बाँकी रहँदा फ्रिकिकमा आएको बल रोक्ने क्रममा बोहाडोजले हेड गरेर आत्मघाती गोल गरेपछि सम्भव भएको थियो ।
यता, क्रिस्टियानो रोनाल्डाले सन् २०१८ को विश्वकप फुटवलमा पहिलो ह्याट्रिक गर्दा समूह बीमा रहेका पोर्चुगल र स्पेनले ३–३ गोल सहित अंक बाँडेका हुन् । पोर्चुगलका तर्फबाट तीनवटै गोल रोनाल्डोले गरे भने स्पेनका लागि डिएगो कोस्टाले २ र नाचोले १ गोल गरे । खेलको चौथो मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत पोर्चुगललाई अग्रता दिलाए ।
२० मिनेटपछि डिएगो कोस्टाले गोल गर्दै खेल बराबरीमा ल्याए ।४४ औं मिनेटमा पुनः रोनाल्डोले गोल गर्दै पहिलो हाफमा पोर्चुगललाई २–१ को अग्रतामा ल्याएपनि खेलको ५५ औं मिनेटमा कोस्टाले व्यक्तिगत दोस्रो गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ५८ मिनेटमा नाचोको गोलबाट स्पेनले ३–२ को अग्रता लिएपनि खेलको अन्तिम तीन मिनेट बाँकी रहदा फ्रीकिकमा रोनाल्डोले व्यक्तिगत तेस्रो गोल गरेपछि स्पेन र पोर्चुगलले अंक बाँडे ।
बिहिबारको उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरबलाई ५–० ले पराजित गरेको थियो ।
क्याटेगोरी : खेल / व्यायाम, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्