Techie IT
Mission Khabar

विश्वकप फुटबल : उपाधीका दाबेदार ठानिएका भन्दा कमजोर मानिएका बलिया, रोचक बन्दै खेलहरु


काठमाडौं\एजेन्सी – फिफा विश्वकपको रसिया संस्करणको जारी खेल निक्कै प्रतिस्पर्धी र रोचक बन्न थालेका छन् । समूह चरणको खेल जारी नै रहदा बलिया मानिएका र कमजोर ठानिएका टिमहरुको खेल र प्रतिस्पर्धा उस्तै उस्तै देखिएको छ ।

डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो खेलमै मेक्सिकोसँग अप्रत्यासितरुपमा पराजित भयो । ३५ मिनेटमा मेक्सिकोका हर्भिङ लजानोले गरेको एकमात्र गोल निर्णायक भएपछि लामो समयसम्मको जर्मनीको अपराजित यात्रामा पूर्णबिराम लागेको छ । हुनत, सन् १९८२ को विश्वकपमा जर्मनीले अल्जेरियासँगको पहिलो खेल हारेको थियो । रपनि फाइनलसम्मको यात्रा तय गरेको जर्मनी यो पटक भने धर्मराएको छ । यसअघि विश्वकपमा जर्मनी र मेक्सिको तीनपटक भिडेकोमा तीनै खेलमा जर्मनी विजयी भएको थियो । यसअघिका ११ वटा प्रतियोगितामा मेक्सिकोले एक खेल मात्रै जितेको इतिहास छ ।

यता, समूह ’ई’ अन्तर्गतको खेलमा सर्वियाले कोस्टारिकालाई १–० गोलले पराजित गरेको छ । सर्वियाको जितमा कप्तान अलेक्जेन्डर कोलारोभाले ५६ मिनेटमा फ्रिकिकमार्फत गरेको लोभलाग्दो गोल नै निर्णाएक बन्यो । यो पनि विश्वकपमा भएको अपेक्षा भन्दा बाहिरको नतिजा हो । उपाधि दाबेदारका रुपमा हेरिएको अर्को राष्ट्र हो, ब्राजिल । तर रसियामा जारी विश्वकप फुटबल खेलमा ब्राजिल र स्वीट्जरल्याण्डबीचको खेल बराबरीमा रोकियो । ब्राजिलका कुन्टिन्होले २० मिनेटमा गोल गर्दै अग्रता कायम गरेपनि दोस्रो हाफको ५० औँ मिनेटमा स्वीट्जल्याण्डका जुबरले गोल गरेपछि खेल बराबरीमा टुङ्गिएको थियो । पहिलो खेलमा नै स्वीस खेलाडीको तारो बनेका आशाका केन्द्र ब्राजिलियन स्टार नेयमारले थुप्रै फलको सिकार भए ।

फिफा विश्वकपको समूह ’डी’ को अर्को खेललाई पनि रोचक भिडन्तका रुपमा हेरिएको थियो । जुन खेलमा अर्जेन्टिना र आइसल्याण्डले एक—एक गोलको बराबरी खेले । विश्वकपको उपाधी दाबेदार मानिएको साबिक उपविजेता अर्जेन्टिना आइसल्याण्डसँग बराबरीमा रोकिनुलाई धेरैले अनौठो नतिजा मानेका छन् । खेलको १९ औं मिनेटमा अर्जेन्टिनाका सर्जियो अग्युइरोले पहिलो गोल गदै टिमलाई अग्रता दिलाएपनि २३ औ मिनेटमै आइसल्याण्डका अल्फ्रेड फिन्बोगोसोनले गोल गदै खेललाई बराबरीमा ल्याएका थिए । यो खेलको ६४ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवशर पाएपनि मेसीले मिस गरेपछि आगामी खेल अपेक्षा गरेभन्दा फरक हुने अपेक्षा गर्न थालिएको छ । समूह ’बी’ को खेलमा स्पेन र पोर्चुगलले पनि ३–३ गोलको बराबरी खेल्दै अंक बाढे । रोमाञ्चक खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे पनि अंक बाढ्नु पर्यो । खेलमा स्पेनका डिएगो कोस्टाले २ गोल र नाचोले १ गोल गरेका थिए । समूह चरणकै रोमाञ्चक मानिएको खेल बराबरीमा सकियो ।

विश्पकप फुटबलको जारी खेलमा अष्ट्रेलियाले फ्रान्सलाई कडा टक्कर दियो । फ्रान्सले ५८ औं मिनेटमा एन्टोनी ग्रिजम्यानको पेनाल्टी गोलबाट अग्रता लिएपनि यो अग्रता धेरैबेर टिक्न सकेन । उम्टिटीले हृयाण्ड गरेपछि पाएको पेनाल्टी अष्ट्रेलियाका जेडिकनले गोलमा परिणत गरेपछि फ्रन्स दबाबमा पर्यो । फ्रान्सलाई रुस विश्वकपको उपाधि दावेदार र युवा खेलाडीहरुले भरिएको सन्तुलित टिम मानिएपनि पहिलो खेलको प्रदर्शन सन्तोषजनक देखिएन । शनिबार भएको समूह सीको पहिलो खेलमा फ्रान्सले अष्ट्रेलियामाथि २–१ को संघर्षपूर्ण जित हात पारेको थियो ।

यता, उद्घाटन खेलमा साउदी अरेबियालाई ५–० को फराकिलो अन्तरले हराउँदै आयोजक रसियालेले सन् २०१८ को विश्वकप फुटवलको सुखद सुरुवात गरेको थियो । यसरी पहिलो खेल हेर्दा दाबेदार मानिएका टिमलाई कमजोर आँकलन गरिएका टिमले कडा टक्कर दिएका छन् । कुनै एक स्टारको भरमा रहेका विगतका शक्तिशाली राष्ट्रको वरिपरि घुम्ने फिता विश्वकप फुटबलको उपाधी यो पटक अन्यत्र जाने संकेत देखिएको छ ।

कमजोर ठानेका र मानिएका टिमको सन्तुलित र सुधारिएको खेल विगतको उपाधी जितेका, सेमिफाईनल र फाईनलको यात्रा सहजै हात पारेका टिमका लागि चुनौति मात्रै बनेको छैन, अघिल्लो यात्रा नै सकसपुर्ण बनेको छ । यध्धपी अहिलेकै खेल हेरेर उपाधी ठ्याक्कै यसैको कब्जामा जान्छ भनिहाल्ने अवस्था छैन । तर बलिया टिम इटली, नेदरल्यान्ड्स, अमेरिका र चिली छनौट नै नभएको यो विश्वकप निक्कै रोचक बन्ने निश्चित छ ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्