Techie IT
Mission Khabar

अफ्रिकन राष्ट्र सेनेगलको जितसँगै समूह चरणका पहिलो खेल पुरा, कमजोर ठानिएकाले देखाए उस्तृष्ट खेल


काठमाडौं\एजेन्सी – फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ मा अफ्रिकन टिम सेनेगलले विजयी सुरुवात गरेसँगै सबै टिमको पहिलो चरणको खेल पुरा भएको छ । मंगलबार राति भएको समूह ’एच’को खेलमा सेनेगलले पोल्यान्डलाई बिवादकाबीच २–१ गोलले पराजित गर्यो ।

पोल्यान्डका थियागो कोनेक्टले सेनेगलका खेलाडीको प्रहार रोक्ने क्रममा आफ्नै पोस्टमा छिरेपछि खेलको ३७ मिनेटमा सेनेगलले अग्रता लिएको थियो । ६० मिनेटमा सेनेगलका नियाकले बिबादास्पद गोल गर्दै अग्रता दोब्बर बनाए । चोटका कारण मैदान बाहिर रहेका उनले मैदान प्रवेश गर्दै गोलकिपर अघि बढेको मौकामा खाली पोस्टमा जाली चुमाएका थिए । बिवादकाबीच यो गोलले बैद्यता पायो । खेल सकिन चार मिनेट बाँकी रहदा पोल्यान्डका क्रिचोवाकले गोल गरेपनि टिमको हार रोक्न सकेनन । मंलबारको खेलमा रसियाले इजिप्टलाई ३–१ ले पराजीत गर्दा अर्को खेलमा जापानबाट कोलम्बिया २–१ गोलले पराजित भएको थियो ।

अफ्रिकन राष्ट्र सेनेगलको जीतसँगै सवै टिमको पहिलो चरणको खेल सकिएको छ । पहिलो चरणको १६ मध्ये ३ खेल बराबरीमा सकिए भने १३ खेलमा जितहार भयो । उद्घाटन खेलमा आयोजक रसियाले साउदी अरेबियामाथि हात पारेको ५–० गोल अन्तरको जित फराकिलो अन्तरको जित बन्यो । सवै खेलमा गोल भएपनि स्पेन र पोर्चुगलबीचको खेलमा सबैभन्दा बढी गोल भयो । यी दुई टिमले ३–३ गोलको बराबरी खेल्दा क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे ।

डिफेन्डिङ च्याम्पियन जर्मनी पहिलो खेलमै मेक्सिकोसँग अप्रत्यासितरुपमा पराजित भयो । ३५ मिनेटमा मेक्सिकोका हर्भिङ लजानोले गरेको एकमात्र गोल निर्णायक भएको थियो । यता, समूह ’ई’ अन्तर्गतको खेलमा सर्वियाले कोस्टारिकालाई १–० गोलले पराजित गरेको छ । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत ब्राजिल र स्वीट्जरल्याण्डबीचको खेल पनि बराबरीमा सकिएको थियो । पहिलो खेलमै ब्राजिलियन स्टार नेयमारले थुप्रै फलको सिकार भए । समूह ’डी’ को अर्को खेलमा अर्जेन्टिना र आइसल्याण्डले एक—एक गोलको बराबरी खेले । अष्ट्रेलियाले फ्रान्सलाई कडा टक्कर दिएपनि फ्रान्सले अष्ट्रेलियामाथि २–१ को संघर्षपूर्ण जित हात पारेको थियो ।

अहिलेसम्मको खेल र पहिलो प्रतिस्पर्धामा देखिएको प्रदर्शनले जारी विश्वकपको उपाधी यसैको पोल्टामा जान्छ भनिहाल्ने अवस्था छैन । तर हिजो कमजोर खेल प्रदर्शन गर्ने राष्ट्र र टिमको सुधारिएको खेलले भने उपाधी दाबेदार को भन्नेमा धेरैलाई अल्मल्याईदिएको छ ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्