Techie IT
Mission Khabar

विश्वकप फुटबल : समूह ए बाट रुस र उरुग्वे नकआउट चरणमा, समूह बी का पोर्चुगल र स्पेनको भाग्य फैशला आगामी खेलबाट


काठमाडौं \एजेन्सी– समूह ए मा रहेको आयोजक रुससँगै उरुग्वेले जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश पाएका छन् । समूह चरणको दुबै खेल जितेको रुस यसअघि नै सुरक्षित भएको थियो भने बुधबार उरुग्वेले साउदी अरेबियामाथि १–० को संघर्षपूर्ण जित निकालेसँगै अन्तिम १६ मा स्थान बनाएको हो ।

उरुग्वेलाई अन्तिम १६ मा पुर्याउन लुइस स्वरेजले साउदी बिरुद्ध २३ औं मिनेटमा निर्णायक गोल गरे । पहिलो खेलमै रुससँग ५–० को हार व्यहारेको साउदी अरेयिबा र इजिप्ट अन्तिम खेल अघि नै विश्वकपको समूह चरणबाट बाहिरिएका छन् । रुस र उरुग्वेबीचको आगामी खेलले समूह ए को विजेताको टुंगो लगाउनेछ भने साउदी अरेयिबा र इजिप्टको खेल केवल प्रतिष्ठाको लडाइ बन्नेछ ।

बुधबार नै विश्वकपको बलियो टोली मानिएको स्पेनले एसियाली टोली इरानविरुद्ध कठिन जित हात पार्यो । पोर्चुगलले मोरक्कोलाई हराएपछि जित्नै पर्ने दबाबमा रहेको स्पेनले इरानलाई हराएपनि समूह बी को अन्तिम १६ अर्थात नकआउट चरणका लागि भने आगामी खेल कुनुपर्ने भएको छ । पहिलो खेलमा मोरक्कोलाई हराएको इरानलाई पराजित गर्ने क्रममा स्पेनका लागि खेलको ५४ औँ मिनेटमा डिएगो कोस्टाले निर्णायक गोल गरेका थिए । स्पेनले २ खेलबाट पोर्चुगलसँगै समान ४ अंक बनाएपछि अन्तिम १६ मा पुग्ने टिमको छिनोफानो अन्तिम अर्थात् तेस्रो खेलबाट लाग्ने भएको छ ।

२ खेलबाट ३ अंक बटुलेको इरान र ४ अंक रहेको पोर्चुगलको अन्तिम खेलमा इरानले पोर्चुगललाई पराजित गरेमा ६ अंक बनाउँदै अन्तिम १६ मा पुग्नेछ । पोर्चुगलले बराबरी खेले मात्रै पनि अन्तिम १६ सुरक्षित गर्नेछ । यता, स्पेनले नकआउट चरण प्रवेशका लागि अन्तिम खेलमा मोरक्कोलाई बराबरीमा रोक्नुपर्नेछ ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्