Techie IT
Mission Khabar

अतिरिक्त समयमा दुई गोल गर्दै ब्राजिल विजयी, नक आउट चरण सहज


काठमाडौं \ एजेन्सी –विश्वकप २०१८ को समूह चरणको जारी खेलमा ब्राजिलले कोस्टारिकामाथी संघर्षपूर्ण जित हात परेको छ । निक्कै दबामा खेलेको ब्राजिलले अन्तिम समयमा २–० गोल गर्दै संघर्षपूर्ण जित हात पारेको हो ।

खेलको ९१ औं मिनेटमा ब्राजिलका खेलाडी फिलिप कोन्टिन्होले पहिलो गोल गरेर ब्राजिलको खाता खोलेका थिए । दोस्रो गोल ब्राजिलका स्टार स्टाइकर नेइमारले ९७ औं मिनेटमा गरे । ब्राजिलले अतिरिक्त समयमा गोल गर्दै खेललाई आफ्नो पक्षमा पारेको थियो । ७९ औं मिनेटमा नेइमारलाई लडाएको भन्दै कोस्टारिकाविरुद्ध पेनाल्टीको अवशर जुरेपनि भिडियो एसिस्टेन्ट रेफ्रीले उल्टाइदिएपछि ब्राजिल दबाबमा परेको थियो । कोस्टारिकाको डि बक्समा नेमारलाई लडाइएको भन्दै मुख्य रेफ्रीले पेनाल्टी दिएपनि पेनाल्टी सुट गर्नै लाग्दा भिडियो एसिस्टेन्ट रेफ्रीले निर्णय उल्टाएको थियो ।

खेलको ८१ औँ मिनेटमा ब्राजिलका नेमार र काउटिन्होले एलो कार्ड पाएपछि दबाबमा परेको ब्राजिले अतिरिक्त समयलाई सदुपयोग गर्दै समूह ई मा १ बराबर र १ जीत सहित ४ अंक जोडेर नकआउट चरण करिब सुरक्षित गरेको छ ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्