Techie IT
Mission Khabar

समूह ‘ए’ को विजेता बन्यो उरुग्वे, ३–० गोल अन्तरले रुस पराजित


काठमाडौं एजेन्सी । आयोजक राष्ट्र रुसलाई ३–० गोलअन्तरले पराजित गरेको उरुग्वे समूह ‘ए’ को विजेता बनेको छ । यसअघि नै दुवै टोली नकआउट चरणको छनौटमा परेपनि १० खेलाडीमा सिमित बनेको आयोजक रुसलाई हराउँदै उरुग्वे समूह विजेता बनेको हो ।

यसअघिका खेलमा दुबै टिमले जीत हात पारेपनि रुसको अनवरत जीतलाई उरुग्वेले रोकिदिएको छ । खेलको १० औँ मिनेटमा लुइस सुवारेजले फ्रिकिकमार्फत गोल गर्दै दक्षिण अमेरिकी टोली उरुग्वेलाई अग्रता दिलाएकोमा खेलको २३ औँ मिनेटमा उरुग्वेको प्रहार डेनिस चेरसेभलाई लागेर आफ्नै पोष्टको जाली चुमेपछि रुस २ गोलले पछि परेको थियो । रुसले खेलमा फर्कने राम्रै प्रयास गरेपनि इगोर स्मोलनिकोभले दोस्रो पहेँलो कार्ड खाँदै बाहिरिएपछि रुस दबाबमा पर्यो । खेलको अन्त्यतिर एडिसन कभानीले उरुग्वेका लागि तेस्रो गोल थपेपछि भने रुसको अनवरत जीतिको यात्रा रोकिन पुग्यो ।

अब समूह विजेता बनेर नकआउट चरणमा प्रवेश गरेको उरुग्वेले समूह बीको उपविजेतासँग ३० जुनमा र उपविजेता बनेर अन्तिम १६ मा परेको रुसले समूह बी को विजेतासँग १ जुलाईमा प्रतिस्पर्धा गर्नेछ । यो खेल मस्कोमा हुने बताइएको छ । यता, समूहको इजिप्ट जीतविहीन बन्दै बाहिरिएको छ भने एक खेलमा जीत हातपारेको साउदी अरेविया पनि समूह चरणमै रोकिएको छ ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्