जर्मनी समूह चरणबाटै बाहिरिदा मेक्सिकोलाई फाईदा, स्वीडेन बन्यो समूह ‘एफ’को बिजेता

एजेन्सी\काठमाडौं– साविकको विश्वकप फुटबल बिजेता जर्मनी अन्तिम खेलमा दक्षिण कोरियासँग हारेसँगै समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २–० गोल अन्तरले हराएको छ ।
दुबै गोल इन्जुरी टाइममा भएकोमा पहिलो गोल किम युङ गोनले गरेका थिए । अन्तिम मिनेटमा सन हियुङ मिनले खाली पोष्टमा गोल गर्दै दक्षिण कोरियाका लागि ऐतिहासिक जीत दिलाएका थिए । पहिलो खेल मेक्सिकोसँग हारेको जर्मनी स्वीडेनलाई दोश्रो खेलमा २–१ ले पराजित गर्दै तीन अंक जोड्न सफल भएको थियो । समूह चरणको अन्तिम खेल जित्नैपर्ने बदाबमा रहेको जर्मनीलाई कोरियाले पराजित गरेर आफूसँगै समूह चरणबाटै घर फर्काएको छ ।
अर्को खेलमा स्वीडेनले मेक्सिकोमाथी ३–० को जित हात पारेको छ । स्वीडेन समूह विजेता हुँदै नकआउट चरणमा पुग्दा अन्तिम खेल हारेको मेक्सिको भने उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ । स्वीडेनका लुडविग अगुस्टिन्सनले ५० औं मिनेटमा पहिलो गोल गरे । ६२ औं मिनेटमा एन्ड्रेस ग्रानभिस्टले र ७४ औं मिनेटमा मेक्सिकोका एडसन अल्भारेजले आत्मघाती गोल गरेपछि स्वीडेनले ३–० को फराकिलो जित हात पारेको थियो ।
समूह चरणमा दुई–दुई खेल जितेका र मेक्सिको र स्वीडेन बराबर ६ अंक सहित अन्तिम १६ मा उक्लिएका छन् । गोल अन्तरको आधारमा स्वीडेन समूह विजेता बनेको छ ।
क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्