सर्बियालाई रोकेर ब्राजिल अन्तिम १६ मा, कोस्टारिकासँग बजाबरी खेलेको स्वीटजरल्याण्ड पनि नकआउट चरणमा

काठमाडौं एजेन्सी– रसियामा जारी विश्वकप फुटबलको बुधबार रातीको खेलमा पाँच पटकको विश्व विजेता ब्राजिलले सर्बियालाई पारजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ । सर्बियासँग २–० गोलअन्तरले विजयी भएको ब्राजिल समूह ईको समूह विजेता बन्दै नकआउट चरणमा पुगेको हो ।
सर्बिया बिरुद्ध निक्कै आक्रामक बनेको ब्राजिलका लागि खेलको ३६ औँ मिनेटमा पाउलिन्होले पहिलो गोल गरे । उनलाई काउन्टिन्होले सहज पास दिएका थिए । दोस्रो हाफमा सर्बियाले सुधारिएको खेल प्रदर्शन गरे पनि ब्राजिल बिरुद्ध आक्रामक बन्न सकेन । बरु सर्बियाले बराबरीको प्रयास जारी राख्दैगर्दा नेयमारको कर्नरमा थियागो सिल्भाले हेडमार्फत गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए । यो हारसँगै सर्बियाको नकआउट चरण पुग्ने सपना समाप्त भएको छ । ७ अंक सहित समूह बिजेता बनेको ब्राजिलले नकआउट चरणमा मेक्सिकोको सामना गर्नेछ ।
यस्तै, कोस्टारिकासँग २–२ गोलको बराबरीमा रोकिएको स्वीटजरल्याण्ड पनि नकआउट चरणमा पुगेको छ । ब्लेरिम डेजमालीले स्वीटजरल्याण्डलाई अग्रता दिलाए पनि कोस्टारीकाको लागि पहिलो गोल गर्दै केनडल वाटसनले खेल बराबरी गरे । ८८ औँ मिनेटमा जोसिप ड्रिमिचले गोल गर्दै स्वीटजरल्याण्डलाईलाई अग्रता दिलाएपनि लामो समयसम्म टिक्न सकेन । इन्जुरी समयमा यान सोमारले गोल गर्दै कोस्टारिकालाई विश्वकप २०१८ मा पहिलो अंक दिलाए ।
खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा स्वीटजरल्याण्ड बराबरीमा रोकिएको थियो । स्वीटजरल्याण्डले अब नकआउट चरणमा स्वीडेनको सामना गर्नेछ ।
क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्