Techie IT
Mission Khabar

विश्वकप फुटबलको नकआउट चरण, कमजोरहरु हिजोका बादशाहलाई चुनौती


काठमाडौं\एजेन्सी – फिफा विश्वकप फुटबल २०१८ को जारी संस्करण निक्कै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको छ । प्रतियोगिताको समूह चरणका खेल सकिएर नकआउट चरण सुरु हुँदैगर्दा झनै कडा प्रतिस्पर्धा हुने देखिन्छ । विगतको संस्करण जस्तै एउटै महादेशको बर्चश्व यो पटक समूह चरणका खेलले नै तोडिदिएको छ । हुनत, विगत जस्तै युरोपेली टिमको बर्चश्व भने तोडिएन । यो पटक पनि खेलमा सहभागी १४ युरोपियन टिममा १० टिम नकआउट चरण पुगे ।
यो पटक दक्षिण अमेरिकी टिमले झनै उत्कृष्टताको रेकर्ड बनाएको छ । सहभागी ५ टिममा पेरु बाहेक ४ टिम अन्तिम १६ मा अटाएका छन् । उत्तर अमेरिकाका तीन टिम मध्ये मेक्सिको एक्लै नकआउट प्रतिस्पर्धामा छ । सबैभन्दा खराब नतिजा एसियाको छ । ५ टिम सहभागी भएको एसिया महादेशबाट जापान मात्र अन्तिम १६ मा पुगेको छ । अफ्रिकाबाट सहभागी ५ वटै टिम समूह चरणमै सिमित भए ।
अन्तिम १६ का प्रतिस्पर्धी टिम

युरोप – रसिया, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, स्विडेन, स्विटजरल्यान्ड, बेल्जियम, इंग्ल्यान्ड
दक्षिण अमेरिका – उरुग्वे, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया
उत्तर अमेरिका मेक्सिको
एसिया – जापान
एसियाबाट सहभागी साउदी अरेबिया, इरान, अस्ट्रेलिया, दक्षिण कोरिया समूह चरणबाटै बाहिरिदा अफ्रिकाका इजिप्ट, मोरक्को, नाइजेरिया, ट्युनिसिया, सेनेगल अनि यूरोपका सहभागी आइसल्यान्ड, सर्विया, जर्मनी, पोल्यान्ड समूह चरणमै सिमित भएका छन् । दक्षिण अमेरिकाबाट सहभागी पेरु र उत्तर अमेरिका कोस्टारिका, पानाले पनि अन्तिम १६ मा स्थान बनाउन सकेनन ।

अन्तिम १६ को समिकरण अन्तर्गत शनिबार राति फ्रान्स र अर्जेन्टिना अनि पोर्चुगल र उरुग्वेबीच प्रतिस्पर्धा  हुँदैछ । अबको प्रतिस्पर्धा निक्कै कडा हुने देखिन्छ । समूह चरणमा कमजोर ठानिएका बाट हिजोका उपाधि दाबेदार टिमले व्यहोरेको हार र बराबरीको नतिजाले अबको खेल झनै आक्राम बन्ने देखिन्छ । यो पटक युरोप र दक्षिण अमेरीकी राष्ट्र मध्ये कसको हातमा उपाधि जान्छ भनेर यसै भन्ने अवस्था छैन ।
नकआउट चरणका बाँकी खेलको तालिका यस्तो छ ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्