Techie IT
Mission Khabar

अर्जेन्टिना र फ्रान्स : कडा टक्कर, फ्रान्स ४ अर्जेन्टिना २ गोल


काठमाडौं एजेन्सी – विश्वकप फुटबल २०१८ को नकआउट चरण अन्तर्गतको पहिलो खेलमा अर्जेन्टिना र फ्रान्स खेलिरहेका छन् । दुबैले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् । खेलको १२ औँ मिनेटमा फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले पेनाल्टी गोलमार्फत सुरुवाती अग्रता दिलाए ।

अर्जेन्टिनाका रोजोले एम्बाप्पेलाई डि बक्स एसियामा लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।युवा खेलाडीको जोशिलो प्रदर्शन गरिरहेको फ्रान्सले पहिलो हाफसम्म पनि आफ्नो अग्रता बचाउन सकेन । अर्जेन्टिनाले पहिलो हाफको अन्त्यतिर बराबरी गोल फर्काएको छ । पहिलो हाफको अन्त्यतिर एन्जल डि मारियाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।

दोश्रो हाफको सुरुवाती समयमै अर्जेन्टिनाका लागि मेकार्डोले गोल गरेर टिमलाई अग्रता दिलाए । कप्तान लियोनेल मेसीले दिएको पासमा मेकार्डोले बललाई जाली चुमाएपनि यो अग्रता १० मिनेट पनि टिक्न सकेन । ५७ औं मिनेटमा फ्रान्सका लागि ग्रिजम्यानले गोल थप्दै खेल २–२ को बराबरीमा ल्याए ।

खेलको ६४ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका एम्बाप्पे ६८ मिनेटमा पुनः गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका छन् । फ्रान्सले दोश्रो हाफमा लगातार जस्तो तीन गोल गरेको छ । निक्कै प्रतिस्पर्धात्मक बनेको खेल जारी छ ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्