अर्जेन्टिनालाई ४–३ गोल अन्तरले पराजित गर्दै फ्रान्स क्वाटर फाईनलमा
काठमाडौं \ एजेन्सी – विश्वकप फुटबल २०१८ को नकआउट चरण अन्तर्गतको पहिलो खेलमा अर्जेन्टिनालाई ४–३ गोल अन्तरले पराजित गर्दै फ्रान्स क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
खेल निक्कै प्रतिस्पर्धी बनेपनि दोश्रो हाफको पहिलो १ण् मिनेटपछि अर्जेन्टिना केही कमजोर देखिदा हार रोक्न सकेन । खेलको १२ औँ मिनेटमा फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले पेनाल्टी गोलमार्फत सुरुवाती अग्रता दिलाए । अर्जेन्टिनाका रोजोले एम्बाप्पेलाई डि बक्स एसियामा लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । फ्रान्सले पहिलो हाफसम्म पनि आफ्नो अग्रता बचाउन सकेन ।
अर्जेन्टिनाले पहिलो हाफको अन्त्यतिर बराबरी गोल फर्कायो । पहिलो हाफको अन्त्यतिर एन्जल डि मारियाले उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए । दोश्रो हाफको सुरुवाती समयमै अर्जेन्टिनाका लागि मेकार्डोले गोल गरेर टिमलाई अग्रता दिलाए । कप्तान लियोनेल मेसीले दिएको पासमा मेकार्डोले बललाई जाली चुमाएपनि यो अग्रता १० मिनेट पनि टिक्न सकेन । ५७ औं मिनेटमा फ्रान्सका लागि ग्रिजम्यानले गोल थप्दै खेल २–२ को बराबरीमा ल्याए । खेलको ६४ मिनेटमा गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका एम्बाप्पे ६८ मिनेटमा पुनः गोल गर्दै टिमको अग्रता दोब्बर बनाएका थिए । ।
ईन्जुरी समयको अन्त्यतिर अर्जेन्टिनाले एक गोल फर्काएपनि हार रोक्न सकेन । फ्रान्सका युवा खेलाडिको तिब्र गतिको खेलको अघि अर्जेन्टिनाको अनुभव फिक्का भयो र खेल फ्रन्सको पोल्टामा जाँदा अर्जेन्टिना भने नकआउट चरणबाट बाहिरिएको छ ।
क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्