Techie IT
Mission Khabar

उरुग्वेसँग पोर्चुगल पराजित, आगामी असार २२ गते फ्रान्स र उरुग्वेबीच क्वाटर फाईनल भिडन्त


काठमाडौं\एजेन्सी – पोर्चुगललाई २–१ गोल अन्तरले पराजित गर्दै उरुग्वेले क्वाटर फाइनलको यात्रा तय गरेको छ । उरुग्वेका लागि दुवै गोल काभानीले गरे ।

खेलको सातौँ मिनेटमा गोल गरेका उनले दोस्रो गोल ६२ औँ मिनेटमा गरेका थिए। पोर्चुगलका लागि पेपेले गोल गर्दै ५५ओँ मिनेटमा खेललाई बराबरीमा ल्याए पनि हार रोक्न सकेनन् । खेल पोर्चुगलको पक्षमा देखिएपनि उरुग्वेको डिफेन्सलाई चिरेर पोर्चुगलका खेलाडीले गोल गर्न सकेनन् ।

पोर्चुगललाई हराएर क्वाटरफाइनलमा पुगेको उरुग्वेले आगामी असार २२ गते फ्रान्सको सामना गर्नेछ । नकआउट चरणको पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गर्दै फ्रान्स क्वाटरफाइनल प्रवेश गरेको छ ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्