Techie IT
Mission Khabar

स्पेनलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै रसिया क्वाटरफाईनलमा बलिया र अनुभवि टिमका लागि जारी विश्वकप अफाब बन्दै


काठमाडौं एजेन्सी – पेनाल्टी सुटआउटमा स्पेनलाई ४–३ ले पराजित गर्दै रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित ९० मिनेटमा दुबै पक्षबाट १–१ गोलको बराबरी भएपछि खेलमा थप ३० मिनेट थपिएको थियो । खेलको १२ औं मिनेटमा रसियाका सेर्गी इगन्सचेविकको आत्माघाती गोलमा स्पेनले अग्रता लियो । उनले डी एरियामा क्लियर गर्न लागेको बल सिधै गोलपोस्टभित्र छिरेपछि स्पेनले १–० को अग्रता लिएको थियो । आफ्नै कमजोरीबाट पछि परेको रसियालाई खेलमा फर्किन ४१ औ मिनेटको पेनाल्टी कुर्नुपर्यो । आर्तेन डेजुबाले पेनाल्टीमार्फत गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो ।

निर्धारित समय ९० मिनेटभित्र दुबै पक्षाको गोल नभएपछि खेल ३० मिनेटको अतिरिक्त समयतर्फ धकेलिएको थियो । अतिरिक्त समयमा पनि दुबै पक्षबाट गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको छ । स्पेनले भरपर्दा मिडफिल्डर आन्द्रे इनेस्टालाई प्लेइङ ११ मा समावेश नगरि ६० औं मिनेटमा मात्र मैदान प्रवेश गराइएको थियो । जसका कारण रसिया बिरुद्ध दबाब सिर्जना गरेपनि स्पेन लयमा फर्कन सकेन ।
शनिबार भएको खेलमा अनुभवी तथा विगत पटक–पटक उपादी चुमेका दुई टिम अजेन्टिना र पोर्चुगल बाहिरिएका थिए । फुटबल दुनियाका विभिन्न उपाधी समेत चुमेका रोनाल्डो र मेसी घर फर्किदैगर्दा उही श्रृङ्खलामा स्पेनले पनि साथ दिएको छ ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्