Techie IT
Mission Khabar

मेक्सिकोलाई पराजित गर्दै ब्राजिल क्वाटरफाइनलमा, अन्तिम ८ मा सुरक्षित गर्न नेइमार र फर्मिनोले गरे गोल


काठमाडौं एजेन्सी– मेक्सिकोलाई २–० गोल अन्तरले पराजित गर्दै ब्राजिल क्वाटरफाईनलमा पुगेको छ । पाँच पटकको विश्वविजेता ब्राजिलले अन्तिम १६ को खेलमा सोमबार मेक्सिकोलाई पराजित गर्दै क्वाटरफाईनलको यात्रा तय गरेको हो । ब्राजिलका लागि अन्तिम ८ मा सुरक्षित गर्न नेइमारले ५१ मिनेटमा र ८८ मिनेटमा रोबर्टो फिर्मिनोले गोल गरे ।

विलियमले मिहिनेत गरेर उपलब्ध गराएको लो क्रस पासलाई नेइमारले गोल लाइन नजिकबाट जाली चुमाएका थिए । जारी विश्वकपमा नेइमारको यो दोस्रो गोल हो। दोश्रो गोलका लागि नेइमारले उपलब्ध गराएको पासलाई सब्सिच्युट खेलाडी फिर्मिनोले डिबक्स भित्रबाट जाली चुमाएका थिए ।

पहिलो हाफ गोलरहित रहँदा दुबै टिमले ५०–५० प्रतिशत बल नियन्त्रणमा लिएर खेललाई रोमान्चक बनाएका थिए । पहिलो हाफमा ब्राजिलले ११ प्रहार र मेक्सिकोले ४ प्रहार गरेको थियो । यता, ब्राजिलका सेन्ट्रल मिडफिल्डर कासेमिरोले लगातार दोस्रो खेलमा पहेँलो कार्ड पाएका कारण आगामी क्वार्टरफाइनल खेल खेल्न पाउने छैनन ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्