Techie IT
Mission Khabar

फ्रान्स छैटौँ पटक विश्वकप फुटबलको सेमिफाइनलमा, उरुग्वे २–० ले पराजित


काठमाडौं – उरुग्वेलाई २–० गोल अन्तरले पराजित गर्दै फ्रान्स छैटौँ पटक विश्वकप फुटबलको सेमिफाइनल पुगेको छ । फ्रान्सलाई सेमिफाइनल पुर्याउन खेलको ४० औं मिनेटमा भरानेले गोल गरे ६१ औं मिनेटमा ग्रिजम्यानले गोल गर्दै टिमको अग्रता दोब्बर गरे ।

ग्रिजम्यानले डी एरिया बाहिरबाट प्रहार गरेको सट उरुग्वेका गोलकिपर फर्नान्दो मुस्लेराले क्लियर गर्न नसक्दा जालि चुमेको थियो । उरुग्वेका भरपर्दा स्ट्राइकर इडिसन काभानीको अनुपस्थितिको फाईदा उठाउँदै खेलमा फ्रान्स हाबी भएको थियो । अब फ्रान्सले फाइनल प्रवेशका लागि ब्राजिल र बेल्जियमबीचको खेलबाट विजयी हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्