ब्राजिलको बिश्वकप सपनामा बेल्जियम बाधक, ब्राजिललाई घर पठाउँदै ३२ बर्षपछि बेल्जियम पुग्यो सेमिफाइनलमा

ब्राजिललाई २–१ गोल अन्तरले पराजित गर्दै बेल्जियम सेमिफाईनलमा प्रवेश गरेको छ । पाँच पटकको विश्व विजेता ब्राजिललाई पराजित गरेर बेल्जियमले ३२ बर्षपछि सेमिफाइनल यात्रा सुनिश्चित गरेको हो ।
खेलको १३ औँ मिनेटमा ब्राजिलियन खेलाडी फर्नाल्डिनोले गरेको आत्मघाती गोलबाट अग्रता लिएको बेल्जियमका लागि ३१ औँ मिनेटमा केभिन डी ब्रुनेले गोल गरे । ७६ औँ मिनेटमा ब्राजिलका लागि सब्सिच्युड खेलाडी रेनाटो अगस्टोले एक गोल गरेपनि अन्य खेलाडीको प्रहारले जाली चुम्न नसक्दा हार रोक्न सकेनन । ५७ प्रतिशत खेल ब्राजिलको पक्षमा देखिदा २६ पटक एटेम्ट गर्यो । १० प्रहारमा किपर बाधक बने भने ७ वटा प्रहार टार्गेट बाहिर गएको थियो ।
पहिलो हाफपछि ब्राजिलले बेल्जियमलाई निक्कै दबाबमा राखेपनि बेल्जियमका युवा खेलाडी र रक्षात्मक डिफेन्स अघि ब्राजिलका खेलाडी टिक्न सकेनन । र बेल्जियमले ब्राजिलको विश्वकप सपनालाई क्वाटर फाईनलबाटै स्तब्ध बनाइदिएको छ ।
यता, बेल्जियम बलियो टोली ब्राजिललाई पराजित गरेर ३२ बर्षपछि सेमिफाइनल पुग्नुलाई धेरैले फाईनल दाबेदारका रुपमा हेरेका छन् । सेमिफाइनलमा बेल्जियमले फ्रान्सको सामना गर्नेछ ।
क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्