Techie IT
Mission Khabar

स्वीडेनलाई पराजित गर्दै इङ्ल्यान्ड सेमिफाइनलमा, २८ बर्षपछि मिलेको बिश्वकप सफलता


काठमाडौं – इङ्ल्यान्डले स्वीडेनलाई पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ । रसियामा जारी विश्वकप २०१८ अन्तर्गतको शनिबार भएको क्वाटरफाइनल खेलमा इङ्ल्याण्ड २–० गोल अन्तरले बिजयी भएको हो ।

इङ्ल्याण्डको जितका लागि खेलको ३० औँ मिनेटमा म्याग्वायरले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ५८ औँ मिनेटमा जेसे लिन्डगार्डको पासमा डेली अलीले गोल गर्दै इङ्ग्ल्याण्डको अग्रता दोब्बर बनाएका थिए । इङ्ग्ल्याण्डका गोलकिपर जोर्डन पिकफोर्डले मार्कस बर्गको प्रहारलाई उत्कृष्ट बचाउ मात्रै गरेनन, ६४ औँ मिनेटमा भिक्टर क्लाएसनको प्रहारलाई रोक्दै इङ्ग्ल्याण्डको अग्रता जोगाए ।त्यसपछि कुनै गोल भएन र २८ बर्षपछि इङ्ग्ल्याण्ड सेमिफाईनल पुग्न सफल भयो ।

इङ्ग्ल्याण्डले अब सेमिफाइनलमा आयोजक रुस र क्रोएसिया बीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ । सन् १९९० पछि इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनल पुगेको यो पहिलो अवसर हो । जतिबेला इङ्ग्ल्याण्ड चौँथो बनेर घर फर्किएको थियो । सन् १९६६ मा पछिल्लो पटक इङ्ग्ल्याण्डले  विश्वकपको उपाधि जितेको थियो ।


क्याटेगोरी : खेल / व्यायाम
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्