Techie IT
Mission Khabar

बिश्वकप २०१८ पहिलो सेमिफाइनल : फ्रान्सको सुरुवाती अग्रता, बेल्जियम दबाबमा


काठमाडौं\एजेन्सी– रसिया विश्वकपको पहिलो सेमिफाइनल अन्तरगत फ्रान्स र बेल्जियम बिचको जारी खेलमा फ्रान्सले १–० गोल अन्तरको अग्रता लिएको छ ।

पहिलो हाफमा दुबैले गोल गर्न सकेनन । तर दोश्रो हाफको ५१ मिनेटमा सामुल युमिटीले गोल गर्दै फ्रान्सलाई सुरुवाती अग्रता दिलाएका छन् । पहिलो हाफमा भने २९६ पास खेलेको बेल्जियमले ६० प्रतिशत बल कब्जा गरेपनि ३ वटा मात्रै प्रहार पहिलो हाफमा गर्यो । जसमा एउटा मात्रै टार्गेटमा लाग्यो । यता निक्कै कम २०१ मात्रै पास खेलेको फ्रान्सले ४० प्रतिशत बल पोजिसन बनाएपनि ११ वटा प्रहार गर्यो । जहाँ २ वटा मात्रै टार्गेटमा थिए ।

बेल्जियमले ४ वटा कर्नर पाएपनि गोलपोष्टको जाली चुमाउन सकेन । फ्रान्सको २ कर्नर पनि सदुपयोग भएनन । अन्ततः पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । इमान्दार खेलाडीको पहिचान बनाएका लुकाकोको टिम बेल्जियमले यो खेलमा निक्कै धेरै फल खेलेको छ ।


क्याटेगोरी : खेल / व्यायाम
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्