Techie IT
Mission Khabar

बेल्जियमलाई पराजित गर्दै फ्रान्स विश्वकप फुटबलको फाइनलमा, होला त सन् १९९८ को पुनरागमन ?


काठमाडौं\एजेन्सी– रसिया जारी विश्वकपको पहिलो सेमिफाईनल अन्तरगत फ्रान्सले बेल्जियमलाई पराजित गर्दै सन् १९९८ पछि फाइनल यात्रा सुरक्षित गरेको हो । पहिलो हाफसम्म निक्कै दबाबमा रहेको फ्रान्सलाई जित दिलाउन दोश्रो हाफको ५१ मिनेटमा सामुयल एमटिटिले कर्नर बलमा हेड मार्फत लोभलाग्दो गोल गरे ।

फ्रान्सको पहिलो हाफ र दोश्रो हाफका थुप्रै प्रयास बेल्जियमका किपरले बिफल पारे भने बेल्जियमले पनि केही राम्रा अबसर सदुपयोग गर्न सकेन । ६४ प्रतिशत बल पोजिसन राखेको बेल्जियमले गरेका ९ प्रहारमा ३ वटा मात्रै टार्गेटमा लागे । इमान्दार खेलाडीको पहिचान बनाएका लुकाकोको टिम बेल्जियमले यो खेलमा निक्कै धेरै फल खेलेको थियो । रेफ्रीले ऐलो कार्ड दिनै नपर्ने ठाउँमा समेत स्वविवेकी अधिकारको दुरुपयोग गरे ।

१२ बर्षपछि बिश्वकप फुटबलको सेमिफाइनलमा पुगेको फ्रान्स अन्तत फाईनल खेल्ने भाग्यमानी बनेको छ । अब इङ्ल्याण्ड र क्रोएसियाबीचको बिजेतासँग फ्रान्सले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।


क्याटेगोरी : खेल / व्यायाम
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्