विश्वकप फुटबलको उपाधि भिडन्तमा फ्रान्सको अग्रता, तिब्र प्रतिस्पर्धा
काठमाडौं\एजेन्सी– २१ औँ संस्करणको विश्वकप फुटबलको फाइनल फ्रान्स र क्रोएसिया भिडिरहेका छन् । खेलमा फ्रान्सले २–१ को अग्रता बनाएको छ । भने क्रोएसिया फ्रान्स बिरुद्ध आक्रामक रुपमा प्रस्तुत भएको छ ।
१–१ को बराबरीलाई तोड्दै फ्रान्सका स्टार खेलाडी एन्टोनी ग्रिजमेनले खेलको ३८ औं मिनेटमा पेनाल्टी मार्फत अग्रता कायम गरेका छन् । खेलको २८ औँ मिनेटमा पेरिसिकले गोल गर्दै क्रोएसियालाई फ्रान्ससँग बराबरी गोलमा फर्काएपनि पछिल्लो समय खेलमा फ्रान्स हावी भएको छ । यस अघि फ्रान्सले १८ औँ मिनेटमा क्रोएसियाकै खेलाडीको बोनस गोलबाट अग्रता लिएको थियो । फ्रान्स र क्रोएसियाबीच लुझनिकी स्टेडियममा भईरहेको खेलमा फ्रान्सले पाएको फ्री किकलाई क्रोएसियाका म्यान्जुकिकले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो ।
दवै टिमले अघिल्लो चरणमा उतारिएका खेलाडीलार्इ नै मैदानमा उतारेर प्रतिस्पर्धा गरेका छन् । फ्रान्सको यो तेस्रो र क्रोएसियाको पहिलो विश्वकप फुटबलको उपाधि भिडन्त हो ।
क्याटेगोरी : खेल / व्यायाम, समाचार
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्