फ्रान्स विश्वकप फुटबलको उपाधि नजिक क्रोएसिया बिरुद्ध दोब्बरको अग्रता

काठमाडौं \ एजेन्सी– २१ औँ संस्करणको विश्वकप फुटबलको फाइनल फ्रान्स र क्रोएसिया भिडिरहेका छन् । खेलमा फ्रान्सले ४–२ को अग्रता बनाएको छ । भने क्रोएसियाले पनि खेलमा राम्रो प्रदर्शन गरिरहेको छ ।
१–१ को बराबरीलाई तोड्दै स्टार खेलाडी एन्टोनी ग्रिजमेनले खेलको ३८ औं मिनेटमा पेनाल्टी मार्फत अग्रता कायम गरेपछि खेलमा फ्रान्स हाबी भएको छ । यसपछि खेलको ५९ मिनेटमा पाउल पोग्वाले फ्रान्सको अग्रता बढाउदै गोल गरे । खेलको ६५ मिनेटमा एम्बाप्पेले गोल गर्दै अग्रता फराकिलो बनाए । खेलको २८ औँ मिनेटमा पेरिसिकले गोल गर्दै क्रोएसियालाई फ्रान्ससँग बराबरी गोलमा फर्काएपनि त्यसपछि खेलको ६९ औँ मिनेटमा मारियो मञ्जुकिकले खेललाई ४–२ को अन्तरमा झारेका छन् ।
पछिल्लो समय खेलमा फ्रान्स हावी भइरहेको छ । यस अघि फ्रान्सले १८ औँ मिनेटमा क्रोएसियाकै खेलाडीको बोनस गोलबाट अग्रता लिएको थियो ।फ्रान्स र क्रोएसियाबीच लुझनिकी स्टेडियममा भईरहेको खेलमा फ्रान्सले पाएको फ्री किकलाई क्रोएसियाका म्यान्जुकिकले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो ।
दवै टिमले अघिल्लो चरणमा उतारिएका खेलाडीलार्इ नै मैदानमा उतारेर प्रतिस्पर्धा गरेका छन् । फ्रान्सको यो तेस्रो र क्रोएसियाको पहिलो विश्वकप फुटबलको उपाधि भिडन्त हो ।
क्याटेगोरी : खेल / व्यायाम, समाचार
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्