पहिलो पटक फाईनलमा पुगेको क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै फ्रान्सले जित्यो विश्वकप फुटबलको उपाधि
काठमाडौं एजेन्सी– २१ औँ संस्करणको विश्वकप फुटबलको उपाधिमाथी फ्रान्सले कब्जा जमाएको छ । आईतबार सम्पन्न फाइनल खेलमा क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै विश्वकप फुटबलको उपाधी जितेको हो ।
क्रोएसियाले राम्रो खेल प्रदर्शन गरेपनि हारलाई रोक्न सकेन । १–१ को बराबरीलाई तोड्दै स्टार खेलाडी एन्टोनी ग्रिजमेनले खेलको ३८ औं मिनेटमा पेनाल्टी मार्फत अग्रता कायम गरेपछि लगातार फ्रान्स हाबी भयो । खेलको ५९ मिनेटमा पाउल पोग्वाले फ्रान्सको अग्रता बढाउदै गोल गरे । खेलको ६५ मिनेटमा एम्बाप्पेले गोल गर्दै अग्रता फराकिलो बनाए । खेलको २८ औँ मिनेटमा पेरिसिकले गोल गर्दै क्रोएसियालाई फ्रान्ससँग बराबरी गोलमा झारे । त्यसपछि खेलको ६९ औँ मिनेटमा मारियो मञ्जुकिकले खेललाई ४–२ को अन्तरमा झार्नु बाहेक क्रोएसियाले खेलमा थप दबाब दिन सकेन् । ।
फ्रान्सले १८ औँ मिनेटमा क्रोएसियाकै खेलाडीको बोनस गोलबाट अग्रता लिएको थियो । लुझनिकी स्टेडियममा भएको खेलमा फ्रान्सले पाएको फ्री किकलाई क्रोएसियाका म्यान्जुकिकले आत्मघाती गोल गरेपछि फ्रान्सले अग्रता लिएको थियो ।
दवै टिमले अघिल्लो चरणमा उतारिएका खेलाडीलार्इ नै मैदानमा उतारेर प्रतिस्पर्धा गरेका थिए । फ्रान्सको यो तेस्रो र क्रोएसियाको पहिलो विश्वकप फुटबलको उपाधि भिडन्त हो ।
क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्