पेताङ्ग खेलमा सहभागी हुने नेपाली टोली थाइल्याण्डमा, पहिलो अन्तर्राष्ट्रिय सहभागिताले खेल विस्तारमा बल मिल्ने अपेक्षा

काठमाडौं– थाइल्याण्डको कराविमा हुने थाइल्याण्ड पेटाङ्ग अन्तर्राष्ट्रिय आमन्त्रण च्याम्पियनशिपमा भाग लिन ८ सदस्यीय टोली थाइल्याण्ड प्रस्थान गरेको छ । आगमी जुलाइ २६ देखि अगष्ट २ सम्म हुने प्रतियोगितामा भाग लिन पेटाङ्ग महासचिव कुलबहादुर थापा तथा सदस्य ईश्वर लामाको नेतृत्वमा आठ सदस्यीय नेपाली टोली सोमबार थाइल्याण्ड प्रस्थान गरेको हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव बहादुर विष्ट, पेताङ्ग संघका अध्यक्ष डा. देवकान्त जोशीले विदाइ गरे । विदाइका क्रममा पेताङ्ग संघका उपाध्यक्ष महेश श्रेष्ठ, नेपाल बुद्धिचाल संघका निवर्तमान अध्यक्ष तथा अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ अनुशासन समितिका सदस्य श्री राजेशहरि जोशी, पेताङ्ग सचिव दीपक जोशी लगायतको सहभागिता थियो । प्रतियोगितामा नेपालबाट पुरुष तर्फ पुरुषोत्तम थापा, शुशिल भण्डारी र महेश शर्मा तथा महिला तर्फबाट रन्जना प्रधान, जमुना महर्जन र विष्णुमाया श्रेष्ठ प्रतिस्पर्धी छन् ।
थाइल्याण्डको कराविमा नै २६ जुलाई देखि ३१ जुलाईसम्म हुने पेताङ्ग ट्रेनर कोर्सको प्रशिक्षणमा भाग लिने पाँच सदस्यीय युवा टोली पनि सँगै प्रस्थान गरेको छ । यो कोर्षमा भागलिन राजेन्द्रप्रसाद जोशी, मिनप्रसाद गैरे, अभिषेक भारी, प्रमोद उप्रेती र सन्दीप अधिकारी थाइल्याण्ड प्रस्थान गरेका हुन् ।
नेपाली टोलीको सहभागिताले नेपालमा पनि पेताङ्ग खेलको विकासलाई अघि बढाउन सकिने र प्रशिक्षण प्रदान गर्न सहज हुने पेताङ्ग प्रशिक्षक सोभित भट्टले बताए ।
क्याटेगोरी : खेल / व्यायाम, समाचार
भरखरै प्रकाशित
- १सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- २७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ३एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ४काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
- ५मानव बेचविखन गिरोहका नाइके प्रहरी खोरमा यस्तो छ अपराध श्रृङ्खला !
तपाईको कमेन्ट लेख्नुहोस्