Techie IT
Mission Khabar

एसीयाडमा प्याराग्लाइडिङबाट नेपाललाई रजत, राज्यको चासो र लगानी बिनाको सफलता


काठमाडौं – एसियाली खेलकुदमा नेपालको स्वर्ण पदक विहिन यात्राले यो पटक पनि निरन्तरता पाएको छ । राम्रो प्रदर्शन गर्न सक्ने अपेक्षा गरिएको सबैभन्दा ठूलो प्रतियोगिता एसियाली खेलकुदमा नेपालले १९५१ बाटै सहभागिता जनाउदै आएको छ ।

पहिलो संस्करणदेखि नै सहभागिता जनाएपनि नेपालले अहिलेसम्म दुई रजत र २२ कास्यभन्दा बढी पदक हातपार्न सकेको छैन । इण्डोनेसियाको जाकार्तामा जारी १८ औं एसियाली खेलकुदमा नेपाली प्याराग्लाइडिङले गौरवमय इतिहास कोर्ने सुनौलो अवसर भएपनि पुरुष टिम क्रसकन्ट्री विधाको नेपाली टिम २७ अंकले जापानसँग पराजित हुनपुग्यो । दोस्रोमा सीमित भएको नेपाली टोलीले रजत पदकमै चित्त बुझाएको छ ।

पाँच खेलाडी रहेको प्याराग्लाइडिङ क्रसकन्ट्रीमा हरेक खेलाडीले १००० पूर्णांकको २५ किलोमिटरको पाँच वटा टास्क पूरा गर्नुपर्दा नेपाली टिमले चौथो र पाँचौं चरणहरु निक्कै उत्कृष्ट प्रदर्शन गर्यो । यहि प्रयासले एसियाडमा नेपाली खेलकुदले इतिहासकै दोस्रो रजत हात पारेको छ । चौथो चरणमा नेपालका तीन खेलाडीले टास्क पूरा गर्दा चौथो स्थानबाट दोस्रो स्थानमा आइपुगेका थिए इण्डोनेसिया र दक्षिण कोरियाको प्रदर्शन खस्किएपछि नेपालको सफलता सहज भएको थियो । २७९७ अंक बटुल्यो । अन्तिम चरणमा खस्किएको प्रदर्शन गरेको जापानले २०५७ स्कोरमात्रै गरेको थियो । पाँचै चरण पुरा गर्दा जापान ११ हजार ३ सय ९१ अंक सहित पहिलो र ११ हजार ३ सय ६४ अंक सहित नेपाल दोश्रोमा सिमित भएको भयो ।

नेपाल हवाई खेलकुद संस्थाको नामबाट पोखराको व्यावसायिक प्याराग्लाइडिङलाई खेलकुदको रुपमा विकास गर्ने प्रयास भएको थियो । नेपालले एसियाली खेलकुदमा कराते, तेक्वान्दो, बक्सिङलगायतका खेलबाट पनि पदकको आशा गरेपनि पुरा भएन् । बरु प्याराग्लाइडिङ नेपालमा २० वर्षदेखि खेलकुदकै रुपमा प्रयोग भएपनि यसको विकास र प्रवर्धनका लागि राज्यबाट केही पहल भएको छैन । अहिलेसम्म राज्यको उपस्थिति नदेखिएको प्याराग्लाइडिङले नै एसियाडमा नेपालको नामलाई उचाई थपेको छ ।


क्याटेगोरी : खेल / व्यायाम, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्