नेपाली फुटबलको नवयुग : लगातार उपाधी रक्षा गर्न सफल होला त, नेपाल ?
काठमाडौं\ढाका– लामो समय निराशाजनक खेल प्रदर्शन गरेर खेल प्रेमीलाई नै दुःखी बनाउदै आएको नेपाली फुटबलले पछिल्ला बर्षहरुमा राम्रो सुरुवात गरेको छ । यसैको उदाहरण हो, आयोजक बंगलादेशमाथि शान्दार जित हात पार्दै साफ च्याम्पियनसिपमा नेपाल समूह विजेता बन्दाको क्षण ।
साफ च्याम्पियनसिपको सेमिफाइनल यात्रा सुनिश्चित गरेको नेपाली टोलीले शनिबार भएको समूह चरणको अन्तिम खेलमा बंगलादेशलाई २–० गोल अन्तरले पराजित गर्यो । घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राख्दै नेपालले खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरको गोलबाट सुरुवाति अग्रता लियो । विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशी गोलरक्षक मोहम्मद सहिदुल आलमको हातमा ठोक्किएर पोस्ट छिर्यो । कप्तान भरत खवासको उत्कृष्ट प्रहार बंगलादेशका गोलरक्षकले बचाउ गर्दा निराजन खड्काको प्रहार बारमाथिबाट बाहिरिएको थियो ।
६० मिनेटपछि नेपालले खेलमा नयाँ रणनीति सहित खेलाडी परिर्वतन गर्यो। ६२ औं मिनेटमा निराजन खड्काको स्थानमा अन्जन विष्ट र कप्तान भरत खवासको स्थानमा नवयुग श्रेष्ठ मैदान छिरे । घरेलु टोली बिरुद्द आक्रामक खेल प्रदर्शन गरेको नेपालका लागि निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा स्ट्राइकर नवयुग श्रेष्ठले गोल थप्दै सानदार जित सुनिश्चित गरे । यो थियो बंगलादेशमा जारी साफमा नेपालले गरेको प्रदर्शन र सुधारिएको नेपाली फुटबलको चर्चा ।
२३ बर्ष लामो उपाधि बिहिन यात्रा तोड्दै २०७२ माघ को बंगबन्धु गोल्डकपमा नेपाल च्याम्पियन भयो । ढाकामा भएको फाइनलमा बहराइन यू–२३ माथि नेपालले ३–० को सानदार जित निकाल्दै उपाधिविहीन यात्रा टुंग्याएको थियो । यसको केही महिनापछि भएको १२ औँ साफ च्याम्पियन्समा पनि नेपाली फुलबलले अर्को सफलता हात पार्यो । आयोक भारतलाई हराउँदै स्वर्ण जितेको नेपाली फुटबलका लागि यो साफ च्याम्पियनसिपको तेश्रो स्वर्ण थियो । यसअघि नेपाललले सन् १९८४ (काठमाडौं) र १९९३ (ढाका) को दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) मा स्वर्णपदक जितेको थियो ।
यतिमात्रै होइन, नेपाली फुटबलको सुधार विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ वरियताबाट पनि देखिएको छ । जहाँ नेपालले आफ्नो स्थानमा सुधार ल्याउदै ६ स्थान माथि उक्लिएर आफूलाई १ सय ७५ औँ स्थानमा राख्न सफल भएको थियो । भुटानलाई एक स्थानले पछि पारेको नेपाल दक्षिण एसियाको चौथो स्थानमा छ ।
क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १लेनदेनको विषयमा जबरजस्ती जाहेरी, घुमुवा प्रहरीको अगाडी महाराजगञ्जका डिएसपी मौन
- २सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ सफल शल्यक्रीया पछि स्वदेश फर्कदै
- ३७० लाख विद्यार्थीको पठनपाठन ठप्प पार्दै देशभरका शिक्षक र कर्मचारि आन्दोलित, यस्ता छन माग !
- ४एनआरएनएको ११औं महाधिवेशन एक महिनापछि, यी हुन नेतृत्वका आकांक्षी
- ५काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका ३ सहित ४ जनाको हत्या, अपराधीको खोजीमा प्रहरी !
तपाईको कमेन्ट लेख्नुहोस्