Techie IT
Mission Khabar

महिला प्रिमियर लिग फुटसल शनिबारदेखि सुरु, दुईमहिनासम्म चल्छ खेल


काठमाडौँ–महिला प्रिमियर लिग फुटसल प्रतियोगिता शनिबारदेखि शुरु भएको छ । दुई महिनासम्म चल्ने उक्त प्रतियोगितामा आठ टोलीको सहभागिता रहने लिग संयोजक निष्ठा थापा श्रेष्ठ बताइन् ।
आगामी कात्तिक १७ गतेसम्म हरेक शनिबार प्रतियोगिताका खेल मण्डिकाटारस्थित ‘एक्सेल रिक्रिएशन फुटसल मैदान’मा सञ्चालन हुने बताइएको छ । खेलको नतिजाका आधारमा अङ्क जोडिने र अन्तिममा उपाधिको छिनोफानो गर्नेगरि लिग तालिका मिलाइएको छ ।


क्याटेगोरी : खेल / व्यायाम, देश / प्रदेश, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्