Techie IT
Mission Khabar

सन्दीपको अन्तर्राष्ट्रिय उडान : आईपीएल, सीपीएल, क्यारेबियन लिग हुँदै टी–१० सम्म


काठमाडौं– अन्तर्राष्ट्रिय खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले एकपछि अर्को अवशर पाउन थालेका छन् । सबैभन्दा बढी अन्तर्राष्ट्रिय स्तरको व्यवसायिक क्रिकेट लिग खेल्ने अवशर पाएका सन्दिप यूएईमा हुने नयाँ फर्म्याटको को टी–१० लिग खेल्नेगरी केलरा किङ्ससँग अनुबन्ध भएका छन् ।

सोमबार भएको खेलाडी अक्सनबाट केरला किङ्सले सन्दीपलाई ३० हजार अमेरिकी डलर (करिब ३४ लाख ९० हजार रुपैयाँ) मा अनुबन्ध गरेको हो । गत वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) मा छनोट भएर दिल्ली डेयर डेभिल्सबाट खेलेयता सन्दीप निरन्तर अन्तर्राष्ट्रिय स्तरको व्यवसायिक क्रिकेट लिग खेलिरहेका छन् । गत वर्ष सन्दीप आईपीएल अन्तरगत दिल्ली डेयर डेभिल्ससँग २० लाख भारु अर्थात ३२ लाख नेपाली रुपैयाँमा अनुबन्धित भएका थिए ।

त्यसपछि वेष्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग (सीपीएल) का लागि उनलाई सेन्ट् किट्स एन्ड नेभिस प्याट्रिवट्सले पाँच हजार अमेरिकी डलरमा अनुबन्ध गर्यो । आईपीएल र सीपीएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका सन्दीप सबैभन्दा बढी बिदेशी लिग खेल्ने पहिलो नेपाली खेलाडी पनि हुन् । उनी अघिल्लो साता मात्रै युएईमा हुने अफगानिस्तान प्रिमियर लिगका लागि छनोट भएका थिए । अफगानिस्तान प्रिमियर लिगमा उनलाई नान्गहर क्लबले १५ हजार डलर दिएको छ ।

आईसीसीसि एशोसियट राष्ट्र अन्तर्गत अनुबन्धन गरिएका सन्दीप इन्डियन प्रिमियर लिगबाट अन्तर्राष्ट्रिय उडान भरेर क्यारेबियन लिगमा समेत छाएका छन् । यसअघि सन्दीपले हङकङ र क्यानडामासमेत लिग क्रिकेट खेलेका थिए ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्