आईसिसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोटमा नेपालको लगातार जीत, एसिया छनौटको सम्भावना बलियो

मलेसिया/काठमाडौं– मलेसियामा जारी आईसिसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोट क्रिकेटमा नेपालले लगातार दोस्रो जीत निकालेको छ । विश्वकपअन्तर्गत एसिया क्षेत्रको छनोटमा समूह ‘बी’ मा रहेको नेपालले आज भएको खेलमा मलेसियालाई ८ विकेटले पराजित गर्दै दोस्रो जित निकालेको हो ।
मलेसियाले दिएको १ एक एक रनको लक्ष्य नेपालले १२ ओभर ४ बलमा मात्र २ विकेट गुमाउँदै पुरा गरेको थियो । नेपालको जितमा कप्तान पारस खड्काले ५२ र उपकप्तान ज्ञानेन्द्र मल्लले २७ रनको योगदान दिए । ओपनर विनोद भण्डारीले १२ रनको योगदान दिए । मलेसियाका लागि पवनदिप सिंह र सायज्रुल इद्रुसले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९ ओभर ३ बलमा अलआउट हुँदै एक सय रन बनाएको थियो । मलेसियाका लागि सफिक सरिफले ४९ र सायद अजिजले १३ रन जोडेपनि अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् । मलेसियालाई सस्तैमा समेट्न लेग स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिए । यस्तै, सोमपाल कामीले तीन र कप्तान पारस खडकाले एक विकेट झारे । अब नेपालले तेस्रो खेल थाइल्याण्डविरुद्ध आइतबार खेल्नेछ ।
नेपालले ९ अक्टोबरमा भुटानसंग, १० अक्टोबरमा चीन र १२ अक्टोबरमा सिंगापुरसंग खेल्नेछ । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटमा स्थान बनाउने छन् । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् ।
क्याटेगोरी : खेल / व्यायाम, देश / प्रदेश, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्