चारबर्षपछि सुरु भएको शहीद स्मारक ए डिभिजन लिग जारी, बिहिबार दुई खेल

काठमाडौ–शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत बिहीबारको पहिलो खेलमा फ्रेण्ड्स क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, बिहिबार नै हुँने दोस्रो खेलमा जावालाखेल युथ क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् ।
खेल अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को सातदोबाटोस्थित मैदानमा हुने छ । बुधबार भएको खेलमा च्यासल युथ क्लब र मछिन्द्र क्लबले गोलरहित बराबरी खेलेर अंक बाँडेका थिए । चार वर्षपछि भएको लिगको पहिलो चरण असोज १३ देखी जारी रहेपनि बङ्गबन्धु गोल्डकपका लागि भन्दै नौ दिन रोकिएको थियो ।
बुधबारदेखि पुनः सञ्चालनमा आएको लिगमा सङ्कटा क्लब तीन अङ्कसहित शीर्ष स्थानमा छ । सङ्कटाले सरस्वती युथ क्लबलाई १–० ले हराएर अंक जोडेको हो ।
क्याटेगोरी : खेल / व्यायाम, देश / प्रदेश
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्