Techie IT
Mission Khabar

ए डिभिजन लिग : थ्री स्टारसँग फेन्डस् क्लब २–१ गोलले पराजित


काठमाडौं– थ्री स्टार क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटवलमा विजयी सुरुवात गरेको छ भने फ्रेन्ड्स क्लब पराजित भएको छ ।

बिहिबारको खेलमा दुई एक गोल अन्तरले फ्रेन्ड्स क्लबलाई पराजित गर्दै थ्रि स्टार विजयी भएको हो ।  थ्री स्टारका लागि रन्जन बिष्ट र बुद्धराज लिम्बुले एक एक गोल गर्दा फ्रेन्ड्सका विकास लामाले एक गोल फर्काए । पहिलो हाफको १७ औं मिनेटमा रन्जनले गोल गर्दै थ्री स्टारलाई सुरुवाती अग्रता दिलाए ।

खेलको ८३ औं मिनेटमा बुद्धले गोल गर्दै थ्री स्टारलाई दुई शुन्यको अवस्थामा पुर्याएपनि खेलको इन्जुरी समयमा फ्रेन्ड्सका विकासले सान्त्वना गोल गर्ने बाहेक टिमलाई जीताउन सकेनन । जितसंगै थ्री स्टारको खातामा ३ अंक दर्ज भएको छ ।


क्याटेगोरी : खेल / व्यायाम, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्