सन्दीप विग बासमा, उच्च शूल्क सहित अष्ट्रेलियाको उच्च डिभिजन क्रिकेट खेल्ने

काठमाडौं–नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने अष्ट्रेलियाको उच्च डिभिजनको क्रिकेट लिग बिग बास खेल्ने गरि अनुबन्दित भएका छन् । सन्दीपले मेलबर्न स्टार्सबाट ’बिग बास’ खेल्ने गरि सम्झौता गरेका हुन् ।
क्रिकेट वेबसाइट क्रिकइन्फोले जनाए अनुसार सन्दीप डिसेम्बर १९ बाट सुरु हुने बिग बास लिगमा अनुबन्धित भएका हुन् । बिग बास लिग फेब्रुअरी १७ सम्म चल्नेछ । यो प्रतियोगिता अघि सन्दिपले जनवरी ५ देखी फेब्रुअरी ८ सम्म हुने बंगलादेश प्रिमियर लिगमा समेत सहभागिता जनाउदैछन् । यसअघि सन्दीपले प्रिमियर ग्रेड क्रिकेट लिग, अफगानिस्तान प्रिमियर लिग समेत खेलेका छन् ।
इन्डियन प्रिमियर लिगमा दिल्ली डेयरडेभिल्सबाट ‘आईपीएल’ खेलेका सन्दिपले ग्लोबल टी ट्वान्टी क्यानाडा लिग, क्यारेबियन प्रिमियर लिगमा पनि सहभागिता जनाएका थिए ।
क्याटेगोरी : खेल / व्यायाम, देश / प्रदेश
भरखरै प्रकाशित
- १स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- २चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ३ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ४७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
- ५निर्वाचन स्थलमा मतदाताको लाम, सडक र बजार सुनसान !
तपाईको कमेन्ट लेख्नुहोस्