Techie IT
Mission Khabar

शुक्रबारबाट पोखरामा पीपीएल क्रिकेट, खेल विस्तारसँगै पर्यटन प्रवर्धनको लक्ष्य


गण्डकी– गण्डकी प्रदेशको पोखरामा शुक्रबारबाट सुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदान व्यवस्थापनको काम सकिएको छ भने अन्य पुर्वाधारणपनि खेलको प्रतिक्षा गरिरहेका छन् ।

धनगढी प्रिमियर लिग (डीपीएल) र एभरेस्ट प्रिमियर लिग (इपीएल) ले राम्रो चर्चा पाइरहदा देशकै प्रमुख पर्यटकीय सहरमा हुन लागेको अर्को टी ट्वान्टी क्रिकेटले खेलाडीसँगै दर्शक र स्थानीयलाई उत्साहित बनाएको छ । प्रतियोगिताका लागि पोखरा पल्टन, बुटवल ब्लास्टर, चितवन राइनोज, विराटनगर टाइटन्स, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ फ्रेन्चाइज टिमले खेलाडी अनुबन्ध सकेर खेलाडीलाई अभ्यासमा उतारेका छन् । खेलाडी र दर्शकको भन्दा कम छैन पीपीएल आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक छुम्बी लामाको उत्साह पनि ।

ताप्लेजुङको विकट गाउँ घुन्सामा जन्मिएका लामाको खेलकुद रहर पुरानै हो । स्टक मार्केट र अरु लगानीका क्षेत्रमा काम गरिरहेका लामालाई यही रहरले नेपाल क्रिकेट संघमा पुरयाएको छ । लामा भन्छन्– यो पैसा कमाउनभन्दा पनि नेपाली क्रिकेटको विकासका लागि आयोजना गरिएको खेल हो ।


क्याटेगोरी : खेल / व्यायाम, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्