Techie IT
Mission Khabar

नेपाली क्रिकेटर सन्दीप पीएसएल खेल्दै, छोटो समयमै पाए ९ वटा विदेशी फेञ्चाइज लिग खेल्ने अवशर


काठमाडौं–अब नेपाली क्रिकेटर सन्दीप लामिछानेले पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् । पीएसएलको अक्सनबाट लाहोर क्लान्डर्स क्लबमा अनुबन्धित भएका नेपाली क्रिकेटर सन्दीपले लगातार अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने अवशर पाइरहेका छन् ।

यो पटक पाकिस्तानमा भएको छनौटामा सन्दीप गोल्ड क्याटागोरीबाट छनौटमा परे । डाइमण्ड, गोल्ड, सिल्भर र इमर्जिङ गरी ४ वर्गमा खेलाडीको वर्गीकरण गरिँदा सन्दीप विदेशी खेलाडीका रुपमा दोश्रो वर्गमा पर्न सफल भए । टिममा छनौट भएसँगै सन्दीपले न्युनतम ५० हजार डलर प्राप्त गर्नेछन् । सन्दीपको यो नवौं विदेशी फ्रेन्चाइज लिगको आबद्धता हो । पिएसएल आगामी १४ फेब्रुअरीदेखि १७ मार्चसम्म यूएई र पाकिस्तानमा हुँदैछ ।

प्रतियोगितामा लाहोर क्वालान्डर्ससँगै इस्लामाबाद युनाइटेड, कराँची किंग्स, पेसावर जल्मी, क्येवा ग्लाडिएर र द सिक्थ गरी ६ टिमको सहभागिता रहन्छ । यता, पहिलो पटक विदेशी लिगको ड्राफ्टमा परेका सोमपाल सिल्भर क्याटेगोरीमा रहेपनि उनको छनौट प्रक्रिया पुरा भएको छैन ।


क्याटेगोरी : खेल / व्यायाम, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्