‘ए’ डिभिजन लिग अन्तर्गत सातौँ चरणका खेल आजबाट

काठमाडौं–शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सातौँ चरणका खेल आजबाट हुँदैछन् । एन्फा मैदान सातदोबाटोमा पहिलो खेलमा नेपाल पुलिस क्लब र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार दोस्रो खेल न्यूरोड टिम एनआरटी र सङ्कटा क्लबबीच हुनेछ । हिमालयन शेर्पा छ खेलमा तीन जित एक बराबरी र दुई हार व्यहोरेर्दै १० अङ्कका साथ अङ्क तालिकाको छैटौँ स्थानमा छ भने पुलिस पनि सोही नतिजा ल्याएपनि तालिकाको पाँचौ स्थानमा छ । दोस्रो खेलमा प्रतियोगितामा एक खेल पनि नजितेको एनआरटीले प्रतियोगितामा राम्रो लयमा रहेको सङ्कटाविरुद्ध खेल्नेछ । सङ्कटाले अहिलेसम्म छ खेलमा पाँच खेलमा जित निकालेको छ । आर्मीसँग पाँच एकले पराजित भएको सङ्कटा १५ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।
छैटौँ चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शत प्रतिशत नतिजासहित उपाधिको बलियो दाबेदार बन्दा उसलाई थ्री स्टारले पछ्याइरहेको छ ।
क्याटेगोरी : खेल / व्यायाम, समाचार
ट्याग : #hot
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्