Techie IT
Mission Khabar

इपिएल तेस्रो संस्करण सुरु, उपधीको नतिजाका लागि पुस ७ कुर्नुपर्ने


एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण आजबाट शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा शनिबार पहिलो खेल अघिल्लो संस्करणको विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियर्सबीच हुने आयोजकले जानकारी दिएको छ ।

प्रतियोगितामा नेपालका विभिन्न छ शहरको नामबाट छ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताका प्रबन्ध निर्देशक आमिर अख्तरका अनुसार विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन् । विराटनगर पारस खड्काको कप्तानीमा छ भने ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा प्रतिस्पर्धामा उत्रिदैछ । पन्ध्र दिनसम्म चल्ने सो प्रतियोगितामा १९ खेल हुनेछन् ।

प्रतियोगितामा विदेशी खेलाडी र अन्तर्राष्ट्रिय ‘चियर्स लिडर्स’ रहेका कारण आठ देशका १९ विदेशी खेलाडी खेलको आकर्षक बन्नेछन् । पुस ७ गतेसम्म चल्ने यो क्रिकेट संस्करण निक्कै लोकप्रिय बनिरहेको छ ।


क्याटेगोरी : खेल / व्यायाम, देश / प्रदेश, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्