Techie IT
Mission Khabar

तेस्रो नेप्स अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधि सहयोगी माविलाई


आशिस तामाङ । काठमाडौं – सहयोगी माध्यमिक बिद्यालयले अरुणोदय माध्यमिक बिद्यालयलाइ १–० गोल अन्तरले पराजित गर्दै नेप्स अन्तर बिद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । गोकर्णश्वार नगरपालिका–८ स्थीत बेसीगाउमा भएको फाइनल खेलमा सहयोगी माध्यमिक बिद्यालयका गोल किपर अमित तामाङले प्रहार गरेको बलले जाली चुमेपछि अरुणोदय माध्यमिक बिद्यालयलाइ १–० ले पराजित भएको हो ।

अरुणोदय माध्यमिक बिद्यालयले खेलमा फर्किन धेरै प्रयास गरे पनि सफल हुन सकेन । बेंसी गाउ युवा समुह र नेपालय इंगलिस पब्लिक स्कुल (नेप्स)को संयुक्त आयोजनामा भएको अन्तर बिद्यालय फुटबल प्रतियोगिताको यो तेश्रो संस्करण हो । प्रथम भएको सहयोगी माध्यमिक बिद्यालयले नगद दश हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्यो । दित्तिय स्थान हासिल गरेको अरुणोदय माध्यमिक बिद्यालयले नगद ५ हजार सहित ट्रफी र प्रमाण प्राप्त गरेको छ । माउन्ट ग्लोरी तेस्रो भएको प्रतियोगितामा सहयोगी माध्यमिक बिद्यालयका अमित तामाङ उत्कृष्ठ गोलरक्षक घोसित भए । फेयर प्लेको ट्रफी गोल्डेन फ्युचर स्कुलले प्राप्त गरेको छ । सहयोगीका सागर थिंङ तामाङ उत्कृष्ट खेलाडी बन्न सफल भए ।

समापन कार्यक्रमका प्रमुख अतिथि एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले विद्यालयका बालबालिकाको प्रतिभा विकास र खेल प्रशिक्षणका लागि स्कुलस्तरिय कार्यक्रम गर्न लागेको बताए । विद्यालयस्तरबाट राम्रा खेलाडी उत्पादन गर्न सकिने शेर्पाको भनाई थियो । गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगानाले नगरपालिकाले खेलकुदलाइ प्राथमिकतामा राखेर अघि बढाएको भन्दै निरन्तर सहयोग रहने बताएका थिए ।

कार्यक्रममा राष्ट्रिय खेलका टिम मेनेजर बाबुकाजी बस्नेत, नेपाली कांग्रेस केन्द्रीय सदस्य कुमार घिसिङ तामाङ, निसानका अध्यक्ष ओम प्रसाद ढकाल, नेपालय इंगलिस पब्लिक स्कुलका म्यानेजिंग डिरेक्टर बुद्ध श्रेष्ठ, बिभिन्न विद्यालयका प्रिन्सिपल, शिक्षक प्रतिनिधि, अभिभावक,बिद्यार्थी, खेलाडी लगायतको उपस्थिति थियो।


क्याटेगोरी : खेल / व्यायाम, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्