Techie IT
Mission Khabar

भैरहवा ग्याडीयटर्स ईपीएलको क्वालिफायरमा,चितवन टाइगर्स प्रतियोगिताबाटै बाहिरियो


काठमाडौं–चितवन टाइगर्सलाई पराजित गर्दै भैरहवा ग्लाडीयटर्स टिभिएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी ट्वान्टी क्रिकेटको क्वालिफायरमा पुगेको छ । काठमाडौंमा जारी बुधबारको खेलमा पृथु बास्कोटाको टिम चितवन टाइगर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवाले क्वालिफायरमा आफूलाई सुरक्षित गरेको हो ।

चितवनले दिएको १४० रनको लक्ष्य भैरहवाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पुरा गर्यो । टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १३९ रन बनाएको थियो । चितवनका लागि दिपेन्द्र सिंह ऐरीले अर्धशतकीय इनिङस खेले । उनी ५६ रनमा आउट भए । पाउल स्टर्लिङ र जोन सिम्प्सनले समान १४/१४ रन जोडे । चितवनका कमल सिंह ऐरी १३ रनमा आउट भए । भैरहवाका मोहमद नाभिदले ३ तथा अविनाश बोहराले २ विकेट लिए । भैरहवाका लागि प्रदीप ऐरीले ४२ रन जोड्दा कप्तान शरद भेषावकरले २९ रन बनाए । कुशल मल्ल २७ रनमा अविजित रहदा रोहित कुमार पौडेल २४ रनमा अविजित बने । कुशल र रोहितले सातौं विकेटका लागि ५१ रनको साझेदारी गरेका थिए । चितवनका कमल सिंह ऐरीले ३ विकेट लिए । ललित भण्डारी र दिपेन्द्र सिंह ऐरीले एक/एक विकेट लिएपनि जित रोक्न सकेनन् ।

भैरहवाले फाइनल प्रवेशका लागि बिहिबार हुने दोस्रो क्वालिफायरमा काठमाडौं किङस इलाभेनसंग प्रतिस्पर्धा गर्दैछ भने चितवन प्रतियोगिताबाट बाहिरिएको छ ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्