Techie IT
Mission Khabar

राज्यले नचिनेको प्रतिभा, बडीबिल्डिङका स्वर्ण विजेता महेश्वर महर्जनलाई नागरिक अभिनन्दन


काठमाडौं–थाइल्याण्डको चाङमइमा आयोजित १० औं विश्व शारीरिक सुगठन तथा फिजिकल स्पोर्ट्स च्याम्पियनसीपमा नेपाललाई स्वर्ण पदक दिलाएका महेश्वर महजर्नलाई शनिबार नागरिक अभिनन्दन गरिएको छ ।

थाइल्यान्डमा आयोजना भएको शारिरिक सुगठन प्रतियोगितामा विश्वका ५८ राष्ट्रका सहभागी थिए । प्रतियोगिता अन्तर्गत पुरुष ७५ तौल समुहमा १२ देशका खेलाडीलाई पछि पार्दै महेश्वरले स्वर्ण पदक जितेका हुन । ३५ वर्षीय महेश्वरले स्वर्ण पदक जित्दा भारतका खेलाडी दोस्रो तथा सिंगापुरका खेलाडी तेस्रो भएका थिए ।

कठिन यात्रा पार गर्दै नेपाललाई बडीबिल्डिङमा स्वर्ण पदक दिलाउन सफल महेश्वर मिस्टर युनिभर्सलमा प्रतिस्पर्धा गरेर नेपाललाई अर्को स्वर्णपदक दिलाउने लक्ष्यमा छन् ।सरकारको सहयोग विनै स्वर्ण पदक जितेका उनी अब भने साथ पाउने आशामा छन् ।


क्याटेगोरी : ओझेलका पात्र, खेल / व्यायाम, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्