बैशाखबाट ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता, लिगको तयारीमा एन्फा

काठमाडौं–अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आगामी वैशाख र जेठमा ‘नेपाल सुपर लिग’ फुटबल प्रतियोगिता आयोजना गर्दैछ । एन्फाले पत्रकार सम्मेलनमा गरेर नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टको व्यवस्थापनमा आयोजना गर्ने ‘सुपर लिग’ प्रादेशिक अवधारणा अनुसार हुने जानकारी दिएको हो ।
प्रतियोगितामा सात प्रदेशका प्रादेशिक टिमले प्रतिस्पर्धा गर्नेछन् । लिगका लागि एन्फाले १४ ‘ए’ डिभिजन क्लबमा रहेका १ सय ४० खेलाडी सबै प्रदेशमा समान रुपमा बिभाजन गरेर टोली बनाउने तयारी गरेको छ । प्रतियोगिता सिङ्गल राउण्ड रोबिनको आधारमा आयोजना हुने बताइएको छ । २१ लिग र बाँकी प्ले अफ गरी २५ खेल समावेश गरिएको प्रतियोगितामा विदेशी खेलाडीले समेत सहभागी पाउनेछन् ।
क्याटेगोरी : खेल / व्यायाम, देश / प्रदेश
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्