Techie IT
Mission Khabar

सन्दीप बंगलादेशमा : बिग ब्यास बिचैमा छाडेर नेपाली युवा क्रिकेटर किन बंगलादेश हानिए ?


काठमाडौँ–विश्व क्रिकेटमा चम्किएका नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न बुधबार बिहानै बङ्गलादेश पुगेका छन् । अष्ट्रेलियामा जारी ‘बिग ब्यास लिग’ खेलेका सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश हान्निएका हुन् ।

सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत जनाउ दिएर आफू बङ्गलादेश प्रस्थान गरेका छन् । अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए । उनले बिग ब्यासमा आठ स्विकेटको किर्तिमानसँगै विपक्षी सबै बिपक्षी कम्पानलाई आउट गरेर चमत्कारिक प्रदर्शन गरेपछि चौतर्फी चर्चा चुलिएको छ । सन्दीपले स्यलहेट सिक्सर्सबाट बङ्गलादेश प्रिमियर लिग खेल्ने छन् ।

बिपिएल क्रिकेट आगामी शनिबारदेखि शुरु हुनेछ । बङ्गलादेश प्रिमियर लिगपछि सन्दीप माघको दोस्रो साताबाट युएईसँग उसैको मैदानमा खेल्ने एक दिवसीय र टी–२० शृङ्खलामा सहभागी हुनेछन् ।


क्याटेगोरी : खेल / व्यायाम, समाचार

तपाईको कमेन्ट लेख्नुहोस्