पाँच बर्षपछिको ए डिभिजन लिग, आठौँ पटकको जितमा पनि मनाङको दबदबा कायमै

काठमाडौं– पाँच वर्षपछि सुरु भएर मंगलबार सम्पन्न शहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङदी क्लबले बर्चश्व कायम गरेको छ । १४ टोली सहभागी भएको प्रतियोगितामा मनाङ विजेता मात्रै बनेन उसले आठौँ पटकको कीर्तिमानी जित निकाल्दा प्रशिक्षक सहित थप दुई खेलाडी पुरस्कृत भए ।
प्रशिक्षक सुमन श्रेष्ठ सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएको प्रतियोगितामा मनाङका विशाल श्रेष्ठले सर्वोत्कृष्ट गोलरक्षक र हेमन गुरुङले सर्वोत्कृष्ट मिडफिल्डरको अवार्डसँगै जनही मोटरसाईकल पाए । प्रतियोगिताको बिजेता बनेको मनाङले ५० लाख नगद प्राप्त गरेको छ । गोर रक्षक विशालले प्रतियोगितामा केवल ७ गोल ब्यहोरेका थिए । यस्तै, नेपाल आर्मीका कप्तान समेत रहेका भरत खवास सर्वोत्कृष्ट स्ट्राइकर चुनिए । उनले आफू समान सात गोल गर्ने मनाङका ओलावाले अफिजलाई पछि पारे ।
६ गोल समेत गरेका थ्रीस्टारका रजिन धिमाल सर्वोत्कृष्ट डिफेन्डर घोषित भए । समग्रमा हेर्दा ए डिभिजन लिगमा लामो समयदेखीको दबदबा बचाउन मनाङ मर्स्याङदी क्लब निरन्तर सफल भैरहेको छ ।
क्याटेगोरी : खेल / व्यायाम, समाचार
भरखरै प्रकाशित
- १नेपालमा अब २ अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको गौतम बुद्ध विमानस्थलबाट नियमित उडान !
- २स्थानीय तहमा कांग्रेसले प्रभाव बढाउँदै, एमाले कमजोर बन्दा बालेनसहित स्वतन्त्र उम्मेदवार चर्चामा !
- ३चुनावको समयमा महंगिको मार, पेट्रोल, डिजल र मट्टीतेलको भाउ प्रतिलिटर १० रुपैयाँले बढ्यो !
- ४ठूला शहरमा स्वतन्त्रको चुनौँती, काठमाडौंमा बालेनजस्तो को–को छन चर्चामा ?
- ५७५३ वटा पालिकामा कस्तो आउलान नयाँ नेतृत्व ? ६४ प्रतिशत मात्रै मतदान भएको आयोगको जानकारि !
तपाईको कमेन्ट लेख्नुहोस्