Techie IT
Mission Khabar

महिला टी–ट्वान्टी स्मासका लागि १४ सदस्यिय नेपाली टोली, शनिवारबाट थाईल्याण्डमा खेल


काठमाडौं– आगामी शनिबारबाट थाईल्यान्डमा हुने महिला टी–ट्वान्टी स्मास क्रिकेटका लागि १४ सदस्यिय नेपाली टोलीको घोषणा गरिएको छ । नेपाली टोलीको छनोट राष्ट्रिय टोलीका पूर्वकप्तान समेत रहेका मुख्य प्रशिक्षक विनोद कुमार दासले गरेका हुन् ।

टिमको कप्तानी रुविना क्षेत्री बेलबासीले गर्नेछिन् । टिममा उपकप्तान सीता रानामगर, करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डली भट्ठ, मम्ता कुमारी चौधरी र बिन्दु रावल परेका छन् । वैकल्पिक खेलाडीका रुपमा रितु कुमारी कनौजिया, सुमन विष्ट र सवनम राई छन् ।

नेपाली महिला क्रिकेट टोली शुक्रवार थाईल्यान्ड प्रस्तान गर्दैछ । खेल जनवरी १२ देखी १८ सम्म हुने तालिका सार्वजनिक भएको छ ।


क्याटेगोरी : खेल / व्यायाम, देश / प्रदेश

तपाईको कमेन्ट लेख्नुहोस्