Techie IT
Mission Khabar

थ्री स्टारलाई आहा रारा गोल्डकपको उपाधि


पोखरा–पोखरामा सञ्चालन भएको १७ औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि थ्री स्टारले क्लबले जितेको छ । सहारा क्लब पोखराको आयोजनामा यही फागुन ९ गतदेखि सञ्चालन भएको प्रतियोगिताको शनिबार भएको फाइनल खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ‘सडन डेथ’मा पराजित गरी थ्री स्टार पाँचौँ पटक उपाधि जित्न सफल भएको हो ।

‘सडन डेथ’मा थ्री स्टारका मिक्चेन तामाङले गोल गर्दा आर्मीका विकास खवासको प्रहारलाई गोलकिपर एलन न्यौपानेले रोकपछि थ्री स्टारले उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । प्रतियोगिताको उपाधि विजेता थ्री स्टारले रु आठ लाख एक हजार, मेडल र प्रमाणपत्र तथा उपविजेताले आर्मीले रु चार लाख एक हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।


क्याटेगोरी : खेल / व्यायाम

तपाईको कमेन्ट लेख्नुहोस्